default_image

4 years ago

February 19, 2022

विश्वराम र मनीषा पहिलो

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेसिस मावि, भक्तपुरका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिर, काठमाडौंकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे । पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेश्रो, सैनिक आवसिय मावि, भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा दौड टुंगाए ।

छात्राको ३ किलोमिटर दूरी मनीषाले १५ मिनेट १५.८ सेकेन्डमा सकाइन् । दोश्रोदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, नेपाल आदर्श मावि, काठमाडौंकी सरिता साह, जेसिसकी उर्जा मधिकर्मी र जेसिसकै स्वागता खाइजु रहेका छन् । दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सविच डा. दामोदर रेग्मी, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि दौडको मन्त्री गहतराजले नै उद्घाटन गरेका थिए ।

७२औं प्रजातन्त्र दिवसका अवसरमा आयोजित दौडमा २ सय प्रतिस्पर्धी सहभागी भएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.