4 years ago
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ ।

अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले रुपन्देहीलाई ५०–३३ ले हरायो । प्रहरीकी अनुषा मल्लले १५ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन् ।
पहिलो क्वाटरमा १७–९ को अग्रता बनाएको प्रहरी दोश्रोमा ६–७ को झीनो अन्तरले पछि प¥यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५–८ र १२–८ को प्रदर्शन ग¥यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे । टाइम्सले कास्कीलाई ११३–६१ ले हरायो । टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वाटरमा अघि रह्यो । टाइम्सले २६–१०, ३२–१३, २८–१७ र २७–२१ अंक जोड्यो ।
गोल्डेनगेटले ड्रिम टिमलाई १०२–७९ ले पाखा लगायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले । उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन । सुरुआतमा २०–१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोश्रोमा २६–२६ को बराबरीमा रोकियो । तेश्रोमा ३३–२२ र चौथोमा २३–१२ को अग्रता बनाउदै गोल्डेनगेटले जित अन्तर फराकिलो बनायो ।
सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइन रोयल र नेपाल आर्मीबीच हुने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]