4 years ago
February 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने उल्लेख गरेको छ ।काठमाडौंका चार दिनको प्रशिक्षणपछि नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्न त्यसतर्फ प्रस्थान गर्नेछ । फुटसलका मुख्य प्रशिक्षक गौरव बस्नेतले यसअघि नै ३२ सदस्यीय प्रारम्भिक टोली छनोट गरिसकेको छ ।
एएफसी फुटसल एसियन कप छनोट चरणको खेलहरु १ देखि १५ अप्रिलसम्म किर्गिस्तानमा हुँदैछ । छनोटमा समूह ‘बी’ नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । नोलले १० र १२ अप्रिलमा खेल्ने तालिका छन् ।
समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् । यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।
बन्द प्रशिक्षणमा डाकिएका खेलाडी
गोलरक्षक – अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिव तामाङ र सुमित कुमार आले
फिक्सो – अरुज सिंह, विजय श्रेष्ठ, विक्कु तामाङ र सरोज तामाङ
पिभोट – अविनाश तामाङ, विक्रान्त नरसिंहराना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के र सुशान श्रेष्ठ
एला – आदिल हामिद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल श्रेष्ठ, मणि कुमार लामा, मनोज गुरुङ, रन्जित गुरुङ, रोशन छन्तयाल, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन शेर्पा

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]