default_image

4 years ago

February 26, 2022

एनसेल बाह्रखरी गल्फको पहिलो दिन राजकुमार र सुस्मासिंहलाई अग्रता

252 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौं संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् ।

धरानका राईले २ ‘ह्याण्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका कारण राईलाई ‘बेष्ट ग्रस र मोष्ट बर्डी’को पनि दाबेदार बनाएको छ । धरानकै खेलाडी सुयश प्याकुरेल ३७ ‘स्टेबलफोर्ड स्कोर’का साथ दोस्रो स्थानमा छन् । त्यस्तै पोखराका हरी राई, धरानका राम तामाङ र विनोद राई ३५ ‘स्टेबल फोर्ड स्कोर’का साथ संयुत्त रुपमा तेस्रो स्थानमा छन् ।

महिलातर्फ काठमाडौंकी खेलाडी सुस्मासिंह शाह ३९ ‘स्टेबलफोर्ड स्कोर’ जोड्दै पहिलो स्थाानमा रहेकी छिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बुले ‘३७ स्टेबल फोर्ड स्कोर’ गरेकी छिन् । ‘क्लोजेष्ट टु दी पीन’तर्फ धरानका खेलाडी बुद्धिमान सुुनुवार होलको ६ फिट नजिक राख्न सफल भएर अग्र स्थानमा रहन सफल भएका छन् । त्यस्तै सिद्धार्थ राई ‘लङ्गेष्ट ड्राइभ’तर्फ अग्र स्थानमा छन् ।

‘स्टेबलफोर्ड फम्र्याटमा ३ बाई ४ ‘ह्याण्डी क्याप’मा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने बाँकी पुरुष खेलाडी थिए । प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन शनिबार ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि बिहान ९ बजे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी अफ’ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा प्रधानसेनापति शर्माले गल्फलाई आर्थिक सम्मद्धिसँग जोड्न लागेकोमा खुशी व्यक्त गरे ।

खेलकुदले देशको आर्थिक विकासमा सहयोग पु¥याउने उनको अपेक्षा छ । खेलकुदले शारीरिक, मानसिक र मनोवैज्ञानिक पक्षमा सकारात्मक प्रभाव गर्ने भन्दै प्रधानसेनापती शर्माले गल्फ खेललाई धनी व्यक्तिहरूले मात्रै खेल्ने खेलका रुपमा नबुझ्न आग्रह गरेका थिए ।

‘‘गल्फ धनी व्यक्तिहरूले मात्रै खेल्ने खेल हो भन्ने पुरानो सोचबाट बाहिर आउनुपर्छ । गल्फले खेलाडीबीच धेरै नजिकको सामीप्यता ल्याउँछ,’’ प्रधानसेनापति शर्माले भने ।

गल्फले अनुशासित र जिम्मेवार व्यक्तित्तव बनाउन निकै सहयोग पु¥याउने भन्दै प्रधानसेनापति शर्माले यसले आर्थिक अवस्थासँगै सामाजिक सद्भाव ल्याएर नेपालीबीच एकता ल्याउने बताए ।

‘‘यसले देशको उन्नतितर्फ लैजान सक्षम हुनेछौँ । अर्थतन्त्र राम्रो हुन्छ भने विकासका काम पनि हुन्छन् । खेलकुद र अर्थतन्त्रलाई सँगसँगै अगाडि लगेकोमा आयोजकलाई धेरै धन्यवाद,’’ उनले भने । युवा उद्यमीहरूमा भएको उत्साहप्रति खुसी लागेको भन्दै उनले यस्ता प्रतियोगिताले गल्फको विकासका लागि सहयोग पु¥याउने बताए ।

उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा आमन्त्रित गल्फ प्रतियोगितासँगै समग्र प्रदेशको समृद्धिको मार्गचित्रका लागि युवा उद्यमशिलता कन्क्लेभ र आर्थिक सम्मेलनको आयोजनाले धरानमा बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताए । धरान ऐतिहासिक र महत्त्वपूर्ण सहर भए पनि निजी क्षेत्रको लगानी खासै आउन नसकेको उनले बताए ।

‘आफ्नै मौलिकता र संस्कृतिमा अगाडि बढिरहेको सहर हो धरान । यस क्षेत्रमा बाह्य क्षेत्रको खासै लगानी छैन । धरानमा पर्यटन, शिक्षा र अन्य क्षेत्रमा लगानी गर्न आह्वान गर्छु,’ उनले भने । खेलकुदमा नेपाली सेनाको महत्त्वपूर्ण र दह्रो उपस्थिति रहेको भन्दै उनले प्रधानसेनापति उपस्थित भएर खेल क्षेत्रलाई प्रोत्साहन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

उद्याग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले गल्फलाई समृद्धिसँग जोड्दै यो कार्यक्रमको परिकल्पना गरिएको बताए । उनले खेलसँगै आर्थिक विकासको विषयमा वृहत् छलफल गरिने बताए ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक एवम् अध्यक्ष प्रतीक प्रधानले नेपाली सेनाले नेपाली खेलकुदलाई प्रोत्साहन गर्दै आइरहेको र सोही कारण प्रधानसेनापतिबाट उद्घाटन गरिएको बताए । निजी क्षेत्रको सहकार्यमा आफूहरूले यस्तो कार्यक्रम आयोजना गर्न सफल भइरहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

धरान गल्फ कोर्सका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले पनि कार्यक्रमको सफलताको कामना गरे । गल्फ प्रतियोगिता शनिबार समापन हुनेछ भने आजै अपराह्न सुनसरीको इहटरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ र शनिबार बिहान विराटनगरमा इकोनामिक समिट आयोजना हुँदैछ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.