9 years ago
November 30, 2016
मंसिर १५, मार्फा
उपल्लो मुस्ताङमा पहिलोपटक आयोजित मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको सात चरण मध्ये छैठो चरणको रेस मार्फामा पुगेर सम्पन्न भएको छ । ट्याङ्गेबाट मार्फासम्म रहेको छैठो चरणको रेसमा ४ घण्टा ३३ सेकेण्डमा पार गर्दै राजकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । बुद्धिबहादुर तामाङले ४ घण्टा ४७ मिनेट ५८ सेकेण्डमा दुरी पुरा गर्दै आपूmलाई दोस्रो स्थानमा उभ्याएका छन् ।
यस्तै राजेन्द्र चेमजोङ्ग ४ घण्टा ४८ मिनेट ५१ सेकेण्ड, मान बहादुर थापा मगर ४ घण्टा ५७ मिनेट २५ सेकेण्ड , इजाबेल बोईड ६ घण्टा २१ मिनेट ५४ सेकेण्ड, प्रचित थापा मगर ६ घण्टा २५ मिनेट ०६ सेकेण्ड, ईयन मोरीसनले ६ घण्टा ५७ मिनेट ५७ सेकेण्ड, पुष्पा भण्डारी ९ घण्टा ४९ मिनेट ४० सेकेण्ड, फल्क मिकलेस ११ घण्टा ३० मिनेट ४० सेकेण्ड र रिकी योन्जनले ११ घण्टा ३० मिनेट ४४ सेकेण्डमा पार गरेका थिए । विभिन्न ७ चरणमा हुने यस प्रतियोगिता २२० किलोमिटरको दुरी रहेको छ ।
कागबेनीबाट शुरुभएको भएको यस क्रसक्रन्ट्री साईकल रेसको पहिलो दिन १३.२ किमी दुरी पार गदे मुक्तिानाथ, दोश्रो दिन मुक्तिानाथबाट ४०७० मिटरको ग्याला पासहुदै २२ किमीको दुरीपार चेलेमा पुगेर सम्पन्न भएको थियो । तेश्रो दिन चेलेबाट घमीसम्मको ३६ किम दुरी रहेको थियो । जसमा प्रतियोगीहरुले ३८६० मिटरको यमदला पास, ३९०० मिटरको स्याङबोचे पास र ४०१० मिटरको नेला पासहरु प्रतियोगिले पार गदै ३६५० मिटरको उचाई रहेको घमी पुगेका थिए । चौथोदिन घमीबाट ३९०० मिटरको लोला पास हुदै २६ किमीको दुरीमा रहेको उपल्लो मुस्ताङको राजधानी लोमाङथाङ पुगेको थियो । ३८०० मिटरमा अबस्थित लोमाङथाङ पुगेका साइकल धावकहरुले एक दिन बिश्राम गरेका थिए भने ऐतिहासिक सास्कृतिक तथा मनोरम दृश्यको अबलोकन पनि गरेका थिए ।
लोमाङथाङमा एक दिनको बिश्राम पछि पाँचौ दिन लोमाङथाङबाट टागे र छैठौ दिन टागेबाट मर्फासम्मको दुरी पूरा भएको छ । पाँचौ र छैटौं दिनको यात्रा प्रतियोगिताकै अति नै कठिन चरणहरुमध्येको एक हो । ३३५० मिटरमा अबस्थित टागे सम्म ३२.३ दुरी र र टागेबाट मार्फा सम्म ४८.३ किमी रहेको थियो । छैठो चरणको टागेबाट ४२०० मिटरमा रहेको पाहला पास सम्म करिब ३ किमीको दुरी प्रतियोगीले साईकल बोकेर पार गरेका थिए ।
प्रथमलाई १ लाख २५ हजार , दितिय लाई ७५ हजार र तृतियलाई ५० हजार पुरस्कार राशी रहेको यो रेसको छौठो चरण सकिदा सम्म १७६.१ किमीको दुरी पार भै सकेको छ । जसमा राजकुमार श्रेष्ठले १३ घण्टा ६ मिनेट ४७ सेकेण्डमा पार गदै अग्रस्थानमा छन् भने बुद्धि बहादुर तामाङ र नेपाली सेनाका मान बहादुर थापा मगर क्रमशः १४ घण्टा ३८ मिनेट ०७ सेकेण्ड र १५ घण्टा ३८ मिनेट ४६ सेकेण्डमा पार गदै श्रेष्ठ क्रमशः दितिय र तृतिय स्थानमा रहेका छन् ।
नेपालमा सम्भबता बेकेको माउण्टेन बाईकिङ्गको बिकासमा योगदान प¥याउदै साहासिक खेल पर्यटन को प्रबद्र्धनका लागी यो प्रतियोगिता अयोजना गरीएको आयोजक तथा ब्याबस्थापक शिखर पाण्डे बताए । हामीले उपल्लो मुस्ताङ यस किसिमको क्रसक्रन्ट्री साइकल रेस पहिलो पल्ट आयोजना गरेका हौ, पहिलोपल्ट यस किसीमको सहभागीले हामीलाई उत्साही तुल्याएको बताउदै उनले यसलाई आगामी बर्षहरु पनि निरन्तरता दिने बताए ।
आजको चरण धैरे नै टेक्नीकल र गा¥हो पनि थियो, साईकल बोकेर पहला पास काट्नलाई ४५ मिनेट लागेको बताउदै राजकुमार श्रेष्ठले भने प्रतिस्पर्धापनि कडा भएतापनि टाईमिङ्गमा अन्तर रहेकोले आफूले जित्ने उनले बताए ।
नेपाली सेनाका मान बहादुर थापा मगरले पाचौ र छैठो चरण निकै रमाईलो र एकदम राम्रो ट्रयाक भएको बताउदै उपल्लो मुस्ताङ साईकलिङ्गको लागी अति सम्भाबता भएको ठाउ भएको र यस क्षेत्रमा यस्तो प्रतियोगितामा सहभागिता जनाउन पाएकोमो आफूलाई उत्साहित बनाएको बताए ।
बेलायतमा भएको माउन्टेन बाईक ओरेन्टेरिङ्ग रेसमा बिजेता रहीसकेकी इजाबेल बोईडले यस्तो मनोरम ठाउमा साईकल कुदाउनै आपूmलाई गर्ब लागेको बताउदै क्रसकन्ट्री रेस निकै नै चुनौती पूर्ण भएता पनि एउटा अबस्मरिणय क्षण रहेको बताईन ।
उपल्लो मुस्ताङमा साइकल कुदाउननै एउटा अदभूत क्षण हो, झनै पाचौ र छैठौ चरण झनै टेकनिकल भएकोले रेस स्मरणीय रहने छ ईयन मोरीसनले भने, मेरो फरबिडन किङ्गडममा साइकल कुदाउन निकै रोमान्चित रहयो ।
प्रतियोगिता सातौदिनमा तातोपानीमा पुगेर सकिनेछ । साहासिक खेलको रुपमा लिईएको यस प्रतियोगितामा १ नेपाली १ बिदेशी महिला सहित ५ बिदेशी र ७ नेपाली खेलाडीको सहभागिता रहेको छ ।





December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]