default_image

4 years ago

February 26, 2022

राजकुमारलाई एनसेल बाह्रखरी गल्फको उपाधि

263 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए ।

पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर गर्न नसकेपछि राईले उपाधि जितेका हुन् । धरानका राजकुमारले २ ‘ह्यान्डी क्याप’मा खेल्दै समग्रमा ५ बर्डी र २ बुगी खेलेका थिए । जसका कारण राईले ‘मोस्ट बर्डी’को उपाधि पनि हात पारे ।

विराटनगरका खेलाडी सुयश प्याकुरेल दोस्रो स्थानमा रहन सफल भए । सुयशले ३७ स्टेबलफोर्ड स्कोर गरेका थिए । सुयशसँगै धरानका काजी राई र काठमाडौंका संगम केसीले पनि समान ३७ स्टेबलफेर्ड स्कोर गरेका थिए । सुयशले ‘ब्याक नाइन’मा १९ स्कोर गरेका थिए भने काजीले १८ र संगमले १६ स्कोर गरेका थिए । त्यसकारण सुयश दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् । सुयश प्याकुरेल उद्योग संगठन मोरङका अध्यक्ष समेत हुन् । धरानका स्थानीय खेलाडी सुन्दर राईले कुल ३६ ग्रस स्कोर जोड्दै ‘बेस्ट ग्रस’को उपाधि जिते ।

महिलातर्फ पहिलो दिन नै अग्रस्थानमा रहन सफल काठमाडौंकी खेलाडी सुस्मासिंह शाहले ३९ स्टेबलफोर्ड स्कोर गर्दै उपाधि जितिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बूले ३७ स्टेबल फोर्ड स्कोर गरिन् । महिलातर्फ सनराइज बैंककी डेपुटी सीईओ आरती राणाले ३५ अंक जोड्दै तेस्रो स्थान हासिल गर्न सफल भइन् ।

६० वर्षमाथिका खेलाडी (सिनियर)तर्फ महेन्द्र मैनाली विजयी भएका छन् । उनी ‘काउन्ट ब्याक’मा विजयी हुन सफल भएका हुन् । उनीसँगै अर्का सिनियर खेलाडी भाइराजा पाण्डेले समान स्कोर गरे पनि काउन्ट ब्याकमा पछि परेका हुन् । जोसेफ नाथनले ‘क्लोजेस्ट टु दी पीन’को उपाधि जिते । उनले बललाई होलको ५ फिट ५ इन्चनजिक राख्न सफल भएका थिए । त्यस्तै, संगम केसीले ‘लङ्गेस्ट ड्राइभ’को उपाधि जित्न सफल भए ।

‘स्टेबलफोर्ड फर्म्याटमा ३ बाई ४ ह्यान्डी क्यापमा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ र दोस्रो दिन ४२ गरी जम्मा ९४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने बाँकी पुरुष खेलाडी थिए । धरानका एकहाते गल्फ खेलाडी बलराम राईलाई विशेष सम्मान गरिएको थियो ।

प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले विजेता राजकुमारलाई ‘गोल्डेन बल’ उपाधि हस्तान्तरण गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीलाई मुख्यमन्त्री राजेन्द्र राई, उद्योग संगठन मोरङका अध्यक्ष राजकुमार गोल्छा, धरानका मेयर तिलक राई, नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ, डिश होमका प्रबन्ध निर्देशक सुदीप आचार्य, गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक आसिस विष्ट, पर्नोड रिकार्डका कन्ट्री डाइरेक्टर रवीन्दर सैनी, एनसेलका चिफ लिगल एन्ड कर्पोरेट सर्भिस अफिसर डाइरेक्टर रमेश घिमिरे, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रधानसम्पादक प्रतीक प्रधानलगायतले प्रमाणपत्र, ट्रफी वितरण गरेका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.