default_image

4 years ago

March 6, 2022

ड्याफोडिललाई फुटसल उपाधि

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ड्याफोडिलले आठौं संस्करणको बिद्या सस्कार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ड्याफोडिलले एस स्कुललाई ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै ड्याफोडिलले २० हजार प्रात गरेको छ । दोस्रो भएको एसले १० हजार रुपैया हात पा¥यो । एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी, सोही स्कुलका शशि रिमाल र ड्याफोडिल स्कुलका रोशन पन्त सर्वाधिक गोलकर्ता चुनिए ।

न्यू जेनिथ स्कुलका अजित महर्जन उत्कृष्ट गोलकर्ता, आयोजक विद्या संस्कार स्कुलका प्रणय मोक्तान मस्ट इन्स्पायरिङ खेलाडी, ड्याफोडिल स्कुलका मिंगमा शेर्पा उत्कृष्ट व्यवस्थापक र सेन्ट जेभियर्स स्कुलले फेयर प्लेको उपाधि जित्यो ।

जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्या संस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टीम र खेलाडीलाई बागमती प्रदेशको उर्जा, खानेपानी तथा सिँचाई मन्त्री बसन्त मानन्धरले पुरस्कउत गरे । प्रतियोगितामा काठमाडौं र ललितपुरका गरि १२ वटा विद्यालयका खेलकूद शिक्षकले सहभागिता जनाएका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.