4 years ago
March 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) –न्यु इरा एकेडेमीको आयोजनामा न्यु इरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इराले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि २७ सम्म हुने जानकारी गराएको छ ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा हुने प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।प्रतियोगिता लिक कम नकआउटको आधारमा हुनेछ । विजेताले आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सोमबार नै प्रतियोगिताको समूह विभाजन गरिएको छ । सहभागी २५ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३ टोली रहँदा एक टोलीमा चार टोली रहेका छन् । हरेक समुहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ‘ए’ मा आयोजक न्यु इरा ‘ए’, एन्जल हार्ट सेकेन्डरी स्कुल र प्रगति रहेका छन् । समूह ‘बी’ मा सिर्जना ज्ञान सागर ‘बी’, एन्जल हार्ट नेशनल स्कुल, र रोज मेरी आइडल रहेका छन् । समूह ‘सी’ मा चिल्ड्रेन हेराल्ड एकेडेमी, विभुति विद्यासागर र सेक्रेट हार्ट तथा समूह ‘डी’ मा काठमाडौं लिंकन, पृथ्वी र माउन्ट ग्लोरी रहेका छन् ।
समूह ‘ई’ मा लाली गुराँस, जीवन ज्योति र हिमरश्मी रहेका छन् । समूह ‘एफ’ मा स्वस्तिश्री गुरुकुल, मनास्लु पब्लिक र सेव स्कुल रहेका छन् । यस्तै समुह ‘जी’ मा सिर्जना ज्ञान सागर ‘ए’, विद्या संस्कार र ल्यान्डमार्क परेका छन् । समूह ‘एच’ मा न्यु इरा ‘बी’, स्कलर्स होम एकेडेमी, किड्स लर्निङ स्कुल र कौशस स्कुल रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]