default_image

4 years ago

March 8, 2022

भुवन क्वाटरफाइनलमा

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिएको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको पहिलो राउन्डमा १८औं वरीयताका सचिन भट्टराईलाई ६/४ ले पछि पार्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । उनी चार होल बाँकी रहँदै ६ अप रहँदै मंगलबार भएको खेलहरूमा सबैभन्दा भारी स्कोरले विजयी बन्ने खेलाडी बने । अब भुवनले नवौं वरीयताका दिनेश प्रजापतिसँग खेल्न बाँकी छ । दिनेशले १०औं वरीयताका सुर्य प्रसाद शर्मालाई ३/२ ले हराए ।

सुर्य नेपाल गल्फ टुरको वर्षको चौथो प्रतियोगितामा २०१८–१९ को सिजनको शीर्ष १६ खेलाडीले सहभागिता जनाउने प्रावधान रहेपनि दोस्रो वरीयताका शिवराम श्रेष्ठ र १४औं वरीयताका दीपक आचार्य सहभागिता नजनाउने भएपछि १७औं वरीयताका शिव कुमार माझी १८औं वरीयतामा रहेका सचिन भट्टराईले अवसर पाएका थिए ।

तेस्रो वरीयताका विकास अधिकारी, चौथो वरीयताका सञ्जय लामा, पाँचौका धन बहादुर थापा, छैटौंका रामे मगर, सातौका जयराम श्रेष्ठ र १०औं वरीयताका दीपक मगर पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । विकासले शिव कुमार माझीलाई र सन्जयले रामकृष्ण श्रेष्ठलाई समान ५/४ अंकले हराए । धनबहाहुरले बलभद्र राईलाई र रामेल भुवन कुमार रोक्कालाई अन्तिम होलमा पराजित गरे ।

सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको विजेता जयरामले कृष्णमान राजवहाकलाई ५/४ ले तथा रेगुलेसन समयको १८ होलमै बराबरीको अवस्थामा रहेको खेलमा दिपक मगरले वरियताको आठौँ स्थानका रवि खड्का सेकेन्ड एक्स्ट्रा होलमा पराजित गरे ।

बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछन् । तेस्रो स्थान र फाइनल बिहीबार हुनेछ । सेमिफाइनलसम्मका खेलहरु १८ होलमा तथा फाएनल ३६ होलमा खेलाइनेछ । नेपाल प्रोफेसनल गल्फ एसोसियसनको आयोजना तथा सूर्य नेपाल प्रालि प्रायोजक रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले ३० हजार, तेस्रोले २२ हजार तथा चौथो हुनेले १८ हजार रुपैयाँ हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान १० हजार तथा पहिलो चरणबाट बाहिरिएकाले समान ५ हजार प्राप्त गर्नेछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.