default_image

2 years ago

March 9, 2022

भुवन र सञ्जय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक प्रो भुवन नगरकोटी र सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिएको फाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा शीर्ष प्रो भुवनले पाँचौं वरियताका धनबहादुर थापालाई ७ र ६ र चौथो वरियताका सञ्जयले तेस्रो वरियताका विकास अधिकारीलाई अन्तिम […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक प्रो भुवन नगरकोटी र सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिएको फाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा शीर्ष प्रो भुवनले पाँचौं वरियताका धनबहादुर थापालाई ७ र ६ र चौथो वरियताका सञ्जयले तेस्रो वरियताका विकास अधिकारीलाई अन्तिम होलमा हराए । भुवन र सञ्जयले बिहीबार ३६ होलको फाइनल खेल्नेछन् भने धनले १८ होलको तेस्रो स्थानको खेलमा विकाससँग प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि क्वार्टरफाइनलमा भुवनले दिनेश प्रजापतिलाई १–अप, धनले रामे मगरलाई ४–३, सञ्जयले जयराम श्रेष्ठलाई ५–४ र विकासले दीपक मगरलाई १–अपले हराए । तेस्रो स्थान र फाइनल बिहीबार हुनेछ ।

नेपाल प्रोफेसनल गल्फ एसोसियसनले आयोजना गरेको यो प्रतियोगितामा सूर्य नेपाल प्रालि प्रायोजक गरेको प्रतियोगिताको विजेताले ५० हजार रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले २२ हजार तथा चौथो हुनेले १८ हजार रुपैयाँ हात पार्नेछन् ।

क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान १० हजार तथा पहिलो चरणबाट बाहिरिएकाले समान ५ हजार प्राप्त गर्नेछन् ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

Success

Thank you for your time.