3 years ago
March 11, 2022
हेटौडा (हाम्रो खेलकुद) – प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता शनिवार भब्य उद्घाटन हुने भएको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ ।
बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एथलेटिक्सका महिला १ सय १७ पुरुष १ सय ४३ ,फुटबलमा महिला १ सय ८० पुरुष २ सय ३४ खेलाडी रहेका छन् । भलिबलमा महिला-पुरुष समान १२२ खेलाडी रहेका छन् । करातेका महिला ९१,पुरुष १ सय १६,तेक्वान्दो १ सय १४,पुरुष १ सय २१ खेलाडीहरुले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी ब्याडमिन्टनमा ४४ महिला ७२ पुरुष,क्रिकेटमा ४२ महिला १ सय ६८ पुरुष र बक्सिङमा २८ महिला र ८६ पुरुष खेलाडी रहेका छन् ।
प्रतियोगितालाई भब्य सम्पन्न गर्न बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्,बागमतीका सदस्य–सचिव महासचिव रहेको मूल आयोजक कमिटिले बिभिन्न ५ वटा उपसमिति गठन गरेको छ ।
समारोह तथा प्रचार प्रचार उपसमितिका संयोजकमा रेसलर हिक्मत थपलिया रहेका छन् । बसोबास तथा यातायात उपसमितिको संयोजकमा धनकुमार मैनाली, पुरस्कार शिल्डमेडल तथा पोशाक उपसमितिको संयोजकमा निरवहादुर थापा, स्वास्थ्य उपसमितिको संयोजकमा सपना लामा र सुरक्षा उपसमितिको संयोजकमा डिएसपी खड्ग खत्री रहेका छन् ।
८ खेलका ८ वटा प्राविधिक समिति पिप्ले क्याम्पा रंगशालामा फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टका खेल फाल्गुन २९ देखि शुरु हुने छन् । फाल्गुन ३० देखि चितवनको माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुने छन् । हेटौडाको भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुने छ ।
त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स तथा सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । काभ्रेको धुलीखेल फुटबल मैदानले समापन सहित दुई खेलको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि बक्सिङ चैत्र ९ देखि शुरु हुने छ प्रतियोगिताको समापन चैत्र १२ गते हुनेछ ।
प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको पनि व्यवस्था गरिएकोे छ ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]