default_image

2 years ago

June 1, 2024

हेल्प नेपाल, गण्डकी र पुलिसको विजयी सुरुवात

349 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबारदेखि सुरु भएको खेलमा पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

तीन पाकिस्तानी र नेपालका चर्चित खेलाडीलाई टोलीमा समेटेको हेल्प नेपालले २५–२०, २५–१२, २७–२९ र २५–२२ को सेटमा जित निकाल्यो । सुरुवाती दुई सेट सहजै जितेको हेल्प नेपालले प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने गुमाउन पुगेको थियो ।

१७–२१ को स्थितिबाट खेललाई बराबरीमा ल्याएर अग्रता लिदै सेट प्वइन्टमा पुगेपनि हेल्प नेपालले उक्त सेट बुढानिलकण्ठलाई नै सुम्पियो ।

दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिम प्रदेशलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा हराउँदै जित निकाल्यो ।

पुरुषतर्फकै अर्काे खेलमा तीन भारतीय खेलाडीसम्मिलित गण्डकी प्रदेशले विभागीय नेपाल एपिएफलाई क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

गण्डकीले एपिएफमाथि २५–२२, १९–२५, २५–२० र २५–१९ को सेटमा जित दर्ता गदै उपाधि दावेदारी पेश गरेको छ । यसै खेलका लागि गत महिना जापान पुगेका चर्चित स्पाइकर रवि केसी पनि स्वदेश फर्किएका छन् ।

पुलिस, गण्डकी र हेल्प नेपालले समान ३ अक बटुलेका छन् । बुढानिलकण्ठ, एपिएफ र सुदुरपश्चिम अकविहीन छ । पुरुषतर्फ अब आर्मी र कर्णाली प्रदेशबीच खेल हुन बाँकी छ ।

महिलातर्फ आज दुई खेल हुनेछ । पहिलो खेल एपिएफ र चन्द्रागिरी नगरपालिका महिला भलिबल टोलीबीच हुनेछ । ८ मध्ये ७ दिन लिग चरणका खेल हुनेछन् । लिगको चौथो दिन जेठ २२ गते ७ खेल र बाँकी दिन ६ खेल हुनेछन् ।

अन्तिम दिन जेठ २६ गते महिला र पुरुषतर्फको तेस्रो स्थान र फाइनल गरि ४ खेल हुनेछन् । महिलातर्फ १७ र पुरुषतर्फ ३० गरि गरि लिगमा ४७ खेल हुनेछन् । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले जेठको १९ देखि २६ गते सम्म आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला तर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले प्र्रतिस्पर्धा गर्नेछन् ।

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतफेको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवै तर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपत्यका बाहिरका टोलीले तयारी स्वरुप १ लाख २० हजार तथा उपत्यका भित्रका सहभागी टोलकिा खेलाडीले दैनिक २ सय ५० रुपैयाँ पाउनेछन् । लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.