4 years ago
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला प्रिमियर लिग (एमपिएल) सिजन- ४ को दोस्रो राउन्डको खेलमा ढुकु फुटसल, फुटसल ५ र क्रिजल एफसी विजयी भएका छन् ।

ढुकु फुटसलमा भएको खेलमा ढुकुले मेगा पावरलाई ४–२ ले पराजित गरेको हो । ढुकुको यो लगातार दोस्रो जित हो । यो जितसँगै ढुकु २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
अर्काे खेलमा फुटसल ५ ले विप्ले कुमारीलाई ७–३ को भारी अन्तरले पराजित गरेको छ । फुटसल ५ को यो पहिलो जित हो । पहिलो जितसँगै फुटसल ५ ले दुई खेलबाट ३ अंक जोडेको छ । पराजित कुमारी २ अंक जोडेर पुछारमा छ ।
यस्तै अर्काे खेलमा क्रिजल एफसीले स्टुडेन्ड फुटबल क्लबलाई ४–२ ले पराजित गरेको छ । क्रिजलको यो पहिलो जित तथा स्टुडेन्टको पहिलो हार हो । यो नजितापछि क्रिजल दुई खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा उक्लदा स्टुडेन्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै बार्सा नेपाल र दि मिग्निटी महिलाजले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि अपराजित रहेको बार्सा नेपाल दुई खेलबाट ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पहिलो हार बेहोरेको मिग्निी ३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
एमपिएल दि वि युनाइटेड प्रोजेक्टद्धारा सञ्चालित नेपालको पहिलो महिला फुटसल लिग हो । यो पूर्णरुपमा महिलाहरुद्धारा सञ्चालित लिग हो । जहाँ महिलाले खेल्ने र महिलाले खेलाइने छ । यहाँ ८० भन्दा बढी महिला रहेका छन् ।
एमपिएलमा ८ टोलीको सहभागिता रहेको छ । लिगका खेल हरेक शनिबार ९ अप्रिलसम्म खेलाइनेछ । ८ टोलीले ६ साताको अवधिमा एक अर्कासँग खेल्नेछ । प्रत्येक जित, बराबरी र हारमा टोलीलाई अंक प्रदान गरिनेछ । बढी अंक बटुल्ने शीर्ष तीन टोलीलाई विभिन्न प्रायोजकहरुले प्रदान गरेको पुरस्कार प्रदान गरिनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]