default_image

9 years ago

December 2, 2016

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा अनिललाल छैटौं

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनिललाल श्रेष्ठ थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा छैटौं भएका छन् ।

1-1

आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठनमा प्रतिस्पर्धा गर्दै नेपालका अनिललाल श्रेष्ठ (बायाँबाट दोश्रो) ।

थाइल्यान्डको पतायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा भइरहेको प्रतियोगिताअन्तर्गत अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए । ८ खेलाडी मध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा प्रतिस्पर्धा गराइएको थियो । त्यसमा थाइल्यान्डका सोमखित सुमेथोवेत्चाकुन पहिलो, थाइल्यान्डकै सुरासक दोश्रो तथा भारतका राहुल सिन्दाह तेश्रो भए । मलेसियाका अब्दुल रानी चौथो तथा चीनका जाङ झियो यान पाँचौं स्थानमा रहे ।
यसै वर्ष पाकिस्तानमा भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिलले शुक्रबारै मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गरेको थिए । विभिन्न देशका २३ खेलाडी सहभागी मास्टर्समा शीर्ष १५ स्थानभित्र नअटाएपछि अनिल प्रिजजिङ राउन्डबाटै बाहिरिए ।

आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठनमा प्रतिस्पर्धा गर्दै नेपालका अनिललाल श्रेष्ठ ।

आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठनमा प्रतिस्पर्धा गर्दै नेपालका अनिललाल श्रेष्ठ ।

अनिलले शरीरको माथिल्लो भन्दा तल्लो भागको कमजोरीले गर्दा अझ राम्रो नतिजा हासिल गर्न नसकेको प्रतिक्रिया दिए । ‘थाई मै कमजोरी देखियो । खेलपछि जज र अरुको कुरा सुन्दा पनि मेरो माल्लिो भाग राम्रै रैछ । विकनेस भनेकै लवर पार्टमा देखियो’ खेलपछि अनिलले भने, ‘विस्तारै थाईलाई प्राथमिकता दिएर सुधार गर्दै लाने छु र संगैसंगै माथिल्लो भागमा पनि ध्यान दिने छु । यसो भएको खण्डमा पदक हासिल गर्न सकिन्छा भन्ने आशा छ ।’
शारीरिक सुगठनका मुख्य प्रशिक्षक समेत रहेका टिम प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले पनि अनिलले तल्लो भागमै धेरै सुधार गर्न आवश्यक रहेको बताए ।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा प्रतियोगितामा शुक्रबारै अर्का नेपाली खेलाडी विमललाल श्रेष्ठले स्पोर्ट्स फिजिकसको १७० सेन्टीमिटरसम्म उचाईमा भाग लिएका थिए । १३ राष्ट्रका १८ खेलाडी सहभागी उक्त स्पर्धामा विमल पनि प्रिजजिङ राउन्डबाटै बाहिरिए ।
विमलले छैटौं संस्करणको सोही स्पर्धामा रजत जितेका थिए । विमलले शनिबार फिट्नेस फिजिक्समा खेल्न बाँकी छ । शनिबार नै विनोद वज्राचार्यले स्पोर्ट्स फिजिक्समा नेपालको चुनौती प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन नेपालका दुई डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजद्वय पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले विभिन्न तीन स्पर्धाको प्रिजजिङ र फाइनल चरणका खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.