default_image

4 years ago

March 15, 2022

स्वस्तिश्री गुरुकुल क्वाटरफाइनलमा

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

सानोभ¥याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुगेको हो ।

द एक्सेल्सियर स्कुलसँग १–१ को बराबरी खेलेको स्वस्तिश्रीले दोस्रो खेलमा भने जोन डेवेमाथि ४–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो । स्वस्तिश्रीले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । अर्को क्वार्टरफाइनलमा समूह ‘ए’ को उपविजेता द एक्सेल्सियरले समूह ‘बी’ विजेतासँग खेल्नेछ ।

यस समूहबाट नेपालयले नकआउट चरणमा स्थान बनाउँदा स्वस्तिश्री जुनियर र स्वस्तिश्री स्पोट्र्स एकेडेमी दुवैको अन्तिम आठको सम्भावना बाँकी छ । बुधबार हुने एक मात्र लिग खेलमा स्वस्तिश्री जुनियर र एकेडेमी बीचको खेलबाट समूहविजेता र उपविजेता तय हुनेछन् ।

समूह ‘सी’बाट आदर्श विद्या मन्दिर (एभिएम) समूह विजेता र रिब्स उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरे । एभिएमले पहिलो खेलमा न्यु इरालाई ५–३ ले हराउँदै दोस्रो खेलमा रिब्समाथि ३–२ को जित निकाल्यो ।

दिनको अन्तिम लिग खेलमा रिब्सले न्यु इरामाथि ३–० को जित निकाल्दै अन्तिम आठको यात्रा तय ग¥यो । दुई टोली मात्र रहेको समूह ‘डी’ मा ब्राइट फ्युचरले युरो स्कुलमाथि २–१ को जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम आठमा प्रवेश ग¥यो । बुधबार हुने क्वार्टरफाइनलमा ब्राइट फ्युचर भिड्नेछन् । तीन दिनसम्म हुने प्रतियोगितामा कुल ११ टोलीलाई चार समूहमा विभाजन गरिएको र समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

मंगलबार एक भव्य समारोह आयोजना गर्दै स्वस्तिश्री गुरुकुल स्कुलका अध्यक्ष रामकृष्ण चित्रकार र स्कुलका ब्रान्ड एम्बास्डरसमेत रहेका फुटबलर अनिल गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा विद्यालयका म्यानेजिङ डाइरेक्टर मिना महर्जन र एकेडेमी डाइरेक्टर प्रवीण मोक्तानले खेल विकासमा विद्यालयको भूमिका अहम् हुने धाराण राखेका थिए ।

प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी पाउनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले पनि ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.