4 years ago
March 18, 2022
काठमाडौं ((हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुललाई टाइब्रेकरमा स्तब्ध पार्दै रिब्स स्कुलल प्रथम स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

स्वस्तिश्री गुरुकुलद्वारा आयोजित यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको शुत्रलबार भएको फाइनलमा रिब्सले आयोजक स्वस्तिश्री गुरुकुललाई टाइब्रेकरमा २–० ले हराउँदै उपाधि जितेको हो । सानो भ¥याङस्थित आफ्नै फुटसल मैदानमा सम्पन्न फाइनलमा स्वस्तिश्री गुरुकुलले निर्धारित समय १–१ को बराबरी खेलेको थियो ।
रिब्सका रोचक लामा र शुभम् महर्जनले गोल गरेका थिए । आदर्श विद्या मन्दिर (एभिएम) ले दी एक्सल्सेयर स्कुललाई पराजित गर्दै तेस्रो भयो । स्वस्तिश्रीका दीप खत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । रिब्सका आयुष केसी उत्कृष्ट गोलरक्षक चुनिए । युरो स्कुल छाउनीले फेयर प्ले ट्रफी हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधार, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा स्वस्तिश्री गुरुकुलका ब्रान्ड एम्बासडर अनिल गुरुङ, विद्यालयका संस्पाथक अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मीना महर्जन र शैक्षिक निर्देशक प्रवीण मोक्तानलगायतले पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा उपत्यकाका ११ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो । समूहका शीर्ष दुई टोलीले नकआउट चरणको यात्रा तय गरेका थिए । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी पाए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले पनि ट्रफी पाए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]