default_image

4 years ago

March 20, 2022

दिनेश र रुबिका च्याम्पियन

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे । आर्मीकै प्रेम मगर तेश्रो भए । सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल तामाङ तथा प्रमोदले आर्मीका प्रेम मगरलाई हराउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रुबिकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाइन् । लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेश्रो स्थानमा चित्त बुझाइन् । फाइनल यात्रा तय गर्न रुबिकाले एपीएफकी सन्चिता तामाङ तथा हिमाले लुम्बिनीकी तेरियालाई सेमिफाइनलमा पन्छाएका थिए ।

पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ सय, ३ सय र २ सयका दरले अमेरिकी डलर पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए । विजेतालाई खानेपानी मन्त्री उमाकान्त चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेप बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, आईटीएफका अध्यक्ष अन्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको पुरुष÷महिलामा १÷१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष÷महिलामा समान २७ खेलाडी सहभागी थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.