default_image

4 years ago

March 21, 2022

सुमिता र रिहानलाई स्वर्ण

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नुवाकोटकी सुमिता तामाङ र काठमाडौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत करातेको एकल कातामा स्वर्ण जितेका छन् ।

महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन् । एकल कातामै काठमाडौकी सन्जु देसार र काभ्रेकी मिना बोलन तेश्रो भए । त्यस्तै पुरुष एकल कातामा रिहानले सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठलाई हराएका थिए भने भक्तपुरका सिरिस श्रेष्ठ र रामेछापका सरण सुनुवारले तेश्रो स्थानमा चित्त बुझायो ।

चौताराको आहालडाँडा छापस्थित सेमिकभर्ड हलमा भएको महिला तथा पुरुषतर्फको टिम कातामा काठमाडौ जिल्लाले बाजि मा¥यो । महिलातर्फ निता आचार्य, सन्जु देसार र मुना शाक्यको जोडीले उपाधि जित्न सफल भए । पुरुषतर्फ मनिस कार्की, राजकुमार कार्की र अमृत थोकरको टिमले स्वर्ण जिते । दुवै समूहमा रामेछापल रजत जित्न सफल भयो ।

महिला टिम कातामा भक्तपुर र सिन्धुली तेश्रो भए भने पुरुष टिम कातामा सिन्धुली र चितवान तेश्रो भएका छन् । कुमुतेको महिला ४५ केजीमा चितवानकी बुद्धलक्ष्मी तामाङ र नुवाकोटका पुप्पका लामा फाईनलमा प्रवेश गरेका छन् ।

सोही तौल समूहमा ललितपुरकी सलिना पहरी र काभ्रेका हर्षा श्रेष्ठ तेश्रो भएका छन् । पुरुष ५५ केजी तौल समूहमा सिन्धुपाल्चोकका वाङचुक शेर्पा र रामेधापका विसाल केसी फाईनलमा प्रवेश गरेका छन् । सोहि समूहमा काम्रेका खेलकुमार धलान र दोलखाका खेवराज श्रेष्ठ तेश्रो भए ।

बागमती प्रदेशका १३ जिल्लाका सहभागिता रहेको प्रतियोगिताको स्थानिय चौतारा साँगचोकगडी नपाका प्रमुख अमानसिंह तामाङले उद्घाटन गरेका थिए । प्रतियोगिता ९ गतेसम्म संचालन हुनेछ । पुरुष टी– २० क्रिकेटमा मकवानपुरले धादिङलाई ३२ रनले पराजित गर्दै उपाधि जित्यो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.