4 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजु प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा मंगलबार पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे । मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो भए ।
महिलामा स्वागताले २८.८९ सेकेन्डमा दूरी तय गरिन् । ललितपुरकी रजिना दलाल दोश्रो र भक्तपुरकी प्रकृति सुवाल तेश्रो भए । स्वागताले त्रिपलजम्पमा पनि स्वर्ण जितिन् । स्वागताले ९.७६ मिटर हाम फालिन् । चितवनकी आशिका गुरुङले रजत तथा दोलखाकी पसलेकी शेर्पाले कांस्य हात पारे ।
सो स्पर्धाको पुरुषमा चितवनका भुवन महतो १३.३८ मिटरसाथ पहिलो भए । चितवनकै सुजित दराईं दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ तेश्रो भए । पुरुष हाफ म्याराथनमा काठमाडौंका धर्म महर्जन पहिलो भए । उनले १ घण्टा २० मिनेट २० सेकेन्डको समय निकाले । धादिङका श्रीलाल तामाङ दोश्रो तथा धादिङकै आशिषकुमार तामाङ तेश्रो बने ।
उक्त स्पर्धाको महिलामा निर्धारित दूरी १ घण्टा ४८ मिनेट ४७ सेकेन्डमा सकाउदै धादिङकी लक्ष्मी थापाले शीर्ष स्थान कब्जा गरिन् । भक्तपुरकी रेस्टिना सितिखु दोश्रो तथा धादिङकी तिलमाया तामाङ तेश्रो बने । पुरुष डिस्कस थ्रोमा चितवनका जन्नुराम चौधरीले २८.७६ मिटर टाढा फाल्दै पहिलो स्थान हात पारे ।
चितवनकै दीपेश महतो दोश्रो तथा धादिङका राजेन्द्र लम्साल तेश्रो भए । त्यसै स्पर्धाको महिलामा १६.९७ मिटर टाढा फालेकी अनिता कार्कीले स्वर्ण चुमिन् । नुवाकोटकी रोजना राईले रजत तथा रामेछापकी पूजा तामाङले कांस्य जिते । पुरुष ४ गुणा ४ सय मिटर रिलेमा चितवन पहिलो, सिन्धुली दोश्रो र मकवानपुर तेश्रो भए । सोको महिलामा भक्तपुर, दोलखा र चितवनले क्रमशः शीर्ष तीन स्थान हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ८ खेल समावेश खेलकुदअन्तर्गत अब कराते, बक्सिङ र महिला फुटबलको प्रतिस्पर्धा मात्र बाँकी छ ।
कराते
खेलकुदअन्तर्गत करातेमा काठमाडांैका रोशन बलामीले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण जितेका छन् । चौताराको सेमिकभर्डलमा भएको फाइनलमा रोशनले रामेछापका मनोजकुमार माझीलाई हराउदै स्वर्ण जितेका हुन् । काभ्रेका सरोज तामाङ र सिन्धुपाल्चोकका पुर्णवहादुर तामाङले कांस्य पदक जिते ।
कुमुतेकै महिला ५५ केजीमा काठमाडौंकी सोनु श्रेष्ठ र रामेछापकी सम्झना माझी फाइनलमा प्रवेश गरेका छन् । महिला ६८ केजीमा छिरिङ डोल्मा शोर्पा र चितवनकी दिपा थापा मगर फाइनलमा पुगे । महिला ६८ केजीमाथि नुवाकोटकी मिना गुरुङ र काभ्रेकी सोनिया मोक्तानले पाmईनल यात्रा तय गरे । पुरुष ६० केजीमा काठमाडौंका रुपेश भण्डारी र धादिङका करण गुरुङ फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता बुधबार समापन हुने प्राविधिक संयोजक विसन मोतेले जनाएका छन् ।
सदस्य–सचिव भण्डारीद्धारा महिला फुटबलको उद्घाटन
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले मंगलबार रेफ्रीलाई बल हस्तान्तरण गरेर महिला फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले काभ्रेलाई ५–० गोलले हरायो ।
काठमाडौंकी मनिता थापा मगरले ह्याट्रीक पूरा गरिन् भने पूजा बोहोरा र सुस्मिता आचार्यले समान एक–एक गोल थपे । बुधवार सिन्धुली र काभ्रेपलाञ्चोक तथा मकवानपुर र रामेछापबीच खेल हुनेछ । खेल धुलिखेल फुटबल मैदानमा भइरहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]