default_image

2 years ago

March 24, 2022

धोनीद्धारा चेन्नईको कप्तानी जडेजालाई हस्तान्तरण

152 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले कप्तानी जिम्मेवारी अलराउनडर रविन्द्र जडेजालाई हस्तान्तरण गरेका छन् । योसँगै जडेजा चेन्नईको तेस्रो कप्तान बनेका छन् । धोनीले २००८ देखिनै चेन्नईको कप्तानी गर्दै आएका थिए ।

करिअरको अन्तिम समयमा आएका धोनीले यस सिजनदेखि जडेजालाई कप्तानी हस्तान्तरण गरेका हुन् । जडेजा २०१२ देखि चेन्नईमा रहँदै आएका छन् । धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ को उपाधि जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उप विजेता बनेको थियो ।

धोनीले २ सय १३ खेलमा कप्तानी गर्दा १ सय ३० खेलमा जित दिलाएका छन् । जडेजालाई यस सिजनमा चेन्नईले १६ करोड भारुमा अनुबन्ध गरेको थियो । धोनीलाई १२ करोड भारुमा अनुबन्ध गरेको थियो । सम्भव त धोनीले यस सिजनपछि आइपिएल खेल्ने छैनन् । जडेजा उत्कृष्ट अलराउन्डर हुन् ।

स्पिन बलिङ, उत्कृष्ट फिल्डिङ र फिनिसरको रुपमा चिनिन्छन् । चेन्नई मुम्बईपछि सर्वाधिक उपाधि जित्ने टोली हो । मुम्बईले पाँच उपाधि जितेको छ । समूह ए मा रहेको चेन्नईले शनिबार कोलकता नाइट टारइडर्ससँग खेल्दै सुरुवात गर्नेछ ।

दुई नयाँ टोली थपिएसँगै आइपिएल अव समूह चरणमा हुनेछ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् । समूह बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स र गुजरात टाइटन्स छन् ।

आफ्नो समूहमा रहेका टोलीसँग सबैले दुई दुई खेल खेल्नेछन् । अर्को समूहमा रहेका टोलीसँग १-१ खेल खेल्नेछन् । एक टोलीसँग दुई बढी खेल खेल्नुपर्ने हुन्छ । यसरी कुल १४ खेल खेलेपछि प्लेअफ समिकरण भने पहिला जसरी नै हुनेछ ।

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

Success

Thank you for your time.