default_image

4 years ago

March 24, 2022

स्वस्तिश्रीलाई फुटसल उपाधि

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री आईबी वल्र्ड स्कुलले यु–१२ जिनियस कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

लुभूस्थित आयोजक जिनियस आईबी वल्र्ड स्कुलमा भएको फाइनलमा स्वस्तिश्रीले रिब्सलाई २–० गोलले पराजित ग¥यो । लबिम तामाङ र प्रश्रय श्रेष्ठले गोल गरे । त्यसअघि सेमिफाइनलमा स्वस्तिश्रीले काठमाडौं वल्र्ड स्कुललाई ५–० तथा रिब्सले आयोजिक जिनियसलाई १–० गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

स्वस्तिश्रीका दीप खत्री उत्कृष्ट खेलाडी तथा रिब्सका आयुश केसी उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका स्वस्तिश्रीका लबिम तामाङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

काठमाडौं वल्र्ड स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो । विजेतालाई महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका प्रिन्सिपल राजेशकुमार जोशी र जिनियसका एकेडेमिक हेड प्रदीप वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ११ विद्यालयका १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.