default_image

9 years ago

December 4, 2016

गुगलमा सर्बाधिक खोजिने नेपाली खेलाडी

156 views

0 Bookmark

दिपेश तिमल्सिना (काठमाडौं)- इन्टरनेटको पहुच हिजआज सरल भएको छ । कम्प्युटरमा मात्र होइन मोबाइल टेलिभिजनमा समेत इन्टरनेट चलाउन सहज भैसकेको छ । इन्टरनेटमा खेलाडी र कलाकारका बारेमा बढी खोजी हुने गर्छ । नेपाली खेलप्रेमी पनि यसबाट अछुतो छैनन् । आफुलाई मन पर्ने खेलाडीका बारेमा गुगलमा खोज्ने गर्दछन् । हेरौ गुगलमा सर्वाधिक खोजी हुने ५ नेपाली खेलाडी कोको हुन् ?

popular players of nepal

१) गौरिका सिंह: नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत स्पर्धामा पदक जिताउने पहिलो खेलाडी गौरिका इन्टरनेटमा सर्वाधिक खोजिने नेपाली खेलाडी हुन् । उनको खोजी अगस्त महिनामा मात्र २ लाख १ हजार पटक गरिएको थियो । रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी गौरिका औसतमा मासिक १८ हजार १ सय पटक खोजिएकी थिइन् ।

२) बिमल घर्तीमगर: नेपाली राष्ट्रिय टोलीका युवा र स्ट्राइकर बिमल घर्तीमगर औसतमा एक महिनामा २४ सय पटक खोजिन्छन् । पछिल्लो एक बर्षमा उनी सबैभन्दा बढी गुगलमा खोजिने दोस्रो नेपाली खेलाडी हुन् । पछिल्लो मे महिनामा उनी सबैभन्दा बढी १२ हजार १ सय पटक खोजीमा परेका थिए ।

३) पारस खड्का: नेपाली क्रिकेटमा पछिल्लो एकदशक सबैभन्दा चर्चामा रहेका खेलाडी हुन्, पारस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस औसतमा मासिक १६ सय पटक खोजिन्छन् । पछिल्लो एक बर्षमा अप्रिल महिनामा मात्र उनी २९ सय पटक खोजिएका थिए ।

४) सिपोरा गुरुङ: कलाकार समेत रहेकी भलिबल सुन्दरी सिपोरामा चासो नखाख्ने कमै खेलप्रेमी होलान् । सानै उमेरमा नेपालका लागि साग खेलेकी सिपोरालाई गुगलमा मासिक औसत ७ सय २० पटक खोजिन्छन् । मे महिनामा उनी सबैभन्दा बढी १३ सय पटक खोजिइन् ।

५) नवयुग श्रेष्ठ: नेपालले फुटबलमा पछिल्लो एक बर्षमा नेपालाई तीन उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका नवयुग औसतमा मासिक ७सय २०  पटक खोजिएका थिए । पछिल्लो एक बर्षमा उनि सबैभन्दा धेरै फेब्रुअरी महिनामा ४ हजार ४ सय पटक खोजिमा परे ।

रिर्पोट- अक्टोबर २०१५ देखि अक्टोबर २०१६ सम्म

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.