default_image

4 years ago

March 25, 2022

धावक मानन्धर सम्मानित

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो ।

युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

उनले म्याराथनमा स्वर्ण जितेका थिए । भारतमा १९८७ मा भएको तेश्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

पाँचदिने खेलकुद दिवसको समापनमा मानन्धरले विभिन्न खेलका पदक विजेतालाई पनि पुरस्कृत गरे । खेलकुद दिवसमा ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, फुटबल र एथलेटिकसको प्रतिस्पर्धा भएको थियो । पौराणिक खेलको जर्गेना गर्ने उद्देश्यले बाघचाल, गट्टा, चुङ्गी र ढ्याक खेलको पनि प्रतिस्पर्धा गराइएको अध्यक्ष पाण्डेले जानकारी गराए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.