4 years ago
March 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टिम ‘सी’ र ‘डि’ ले प्रथम इन्ट्रा प्रिमियर स्पोर्ट्स एकेडेमी फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ‘सी’ जुनियर तथा ‘डि’ सिनियरमा पहिलो भए ।

प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलको प्रिमियर स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको जुनियर फाइनलमा अबिम रोका मगरको कप्तानीमा रहेको टिम ‘सी’ ले टिम ‘बी’ लाई पराजित ग¥यो । टिम ‘ए’ तेश्रो भयो ।
खुमल्टारस्थित आयोजककै हातामा भएको प्रतियोगिताको जुनियरमा अबिम रोका मगर उत्कृष्ट खेलाडी, सिजन ताम्राकार सर्वाधिक गोलकर्ता, अश्रय अग्रवाल उत्कृष्ट गोलरक्षक र रिजेन योञ्जन उदीयमान खेलाडी घोषित भए ।
सिनियरको उपाधि भिडन्तमा सारंश पुरी नेतृत्वको टिम ‘डि’ ले टिम ‘ए’ लाई हरायो । टिम ‘सी’ ले तेश्रो स्थानमा चित्त बुझायो । सारंश उत्कृष्ट खेलाडी, शुभम् शाक्य सर्वाधिक गोलकर्ता, सुगत श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा आदिल उदीयमान खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापा, स्पोर्ट्ए एकेडेमीका संयोजक राजु श्रेष्ठ, इसीए इन्चार्ज प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]