default_image

9 years ago

December 4, 2016

ननितालाई विश्व शारीरिक सुगठनमा कास्य पदक

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ननिता महर्जनले थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १ सय ६५ सेमि उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् ।
ननिताले प्रिजजिङ राउन्ड सकिना साथ दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको बताइन् । ‘राष्ट्रका लागि पदक दिलाउदा खुसी लागेको छ । पहिलो अन्तर्राष्ट्रिय सहभागिता भएकाले उच्च मनोबलका साथ खेल्छु र सक्दो राम्रो गर्ने प्रयास गर्छु भन्ने सोचेकी थिए ’ उनले भनिन्, ‘सोचे जस्तै भयो ।’

4-2

तीनदिने प्रतियोगिता आइतबार ननिताले फाइनलमा चाइनिज ताइपेईंकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पक्का गरेकी हुन् । ५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते । सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे । पाँचै जनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पाँचैले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए ।
नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनेमा भने ननिता दोश्रो नेपाली महिला खेलाडी हुन् । यसअघि निर्मला महर्जनले नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।
कीर्तिपुर नयाँ बजार निवासी ३१ वर्षीयाँ ननिताले ३ वर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन् । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले यसै वर्षको सेप्टेम्बरमा आयोजना गरेको मिस्टर काठमाडौं शारीरिक सुगठन तथा प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा ननिताले पहिलो पटक सहभागिता जनाउदै उपाधि जितेकी थिइन् । ३ पुरुषसहति ४ नेपाली खेलाडी सहभागी भएको यो च्याम्पियनसिपमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी ननिताले शारीरिक सुगठनमा आउनुअघि भलिबल, एथलेटिक्स र बास्केटबल खेलेको बताइन् । क्षेत्रीय भलिबल प्रतियोगितामा ननिताको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको थियो भने क्षेत्रीय स्तरको एथलेटिक्समा ननिताले सटपुट र १ सय मिटर दौडमा कांस्य जितेकी थिइन् ।

1-3
ननितले शारीरिक सुगठनमा लाग्न विशेष गरी पति रुडन वज्राचार्यले प्रेरित गरेको र यसमा परिवारका अन्य सदस्यको समेत सहयोग रहेको बताउदै महिलाले पनि उचित अवसर पाए राष्ट्रका लागि योदान दिन सक्ने बताइन् । उनको प्रतिस्पर्धा हेर्न परिवारका अन्य सदस्य पनि उपस्थित थिए ।
प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले सोचे भन्दा राम्रो नतिजा आएको बताउदै प्रशिक्षणमा अझ बढी ध्यान दिएमा ननितामा यो भन्दा राम्रो नतिजा ल्याउने खुबी रहेको धारणा व्यक्त गरे । टोलीसँगै रहेका नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ननिताको सफलताले नेपाली शारीरिक सुगठनको इतिहासमा नयाँ अध्याय थपिएको बताउदै ननिताको सफलताले नेपाली शारीरिक सुगठन मात्र नभइ सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताए । नेपाली टोली मंगलबार स्वदेश फर्कनेछ ।

 

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.