default_image

4 years ago

March 28, 2022

महिला प्रिमियर लिग फुटसलमा ढुकु अपराजित

410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हवले महिला प्रिमियर लिग (एमपिएल) फुटसल सिजन चारमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन् ।

लिगको चौथो साताको खेलमा ढुकुले दि माइथी महिलाजमाथि ६–१ को फराकिलो जित दर्ता गर्दै लिगमा अपराजित रहन सफल भएको हो ।
यो जितसँगै शीर्षस्थानमा रहेको ढुकुको ५ खेलबाट १५ अंक पुगेको छ । पराजित दि माइथी महिलाज ५ खेलबाट ६ अंक जोडेर पुछारमा रहेको छ ।

एमपिएलकै अर्काे खेलमा सम्झना शर्मा र योन्जोम रोकायाको ह्याट्रिक मद्दतमा मेगा पावरले बार्सा नेपालमाथि ९–० को फराकिलो जित दर्ता गरेको छ । यो जितसँगै मेगा पावर ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित बार्सा नेपाल ५ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

यस्तै स्टुडेन्ट एफसीले फुटसल ५ लाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ । यो जितसँगै स्टुडेन्ट एफसी ५ खेलबाट ९ अंक जोडेर चौथो स्थानमा उक्लिन सफल भएको छ । समान ९ अंक नै रहेपनि पराजित फुटसल ५ छैटौं स्थानमा झरेको छ ।

यस्तै क्रिजल एफसीले विप्ले कुमारीलाई ६–० ले पराजित गरेको छ । यो जितसँगै क्रिजल एफसी ५ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । विप्ले ९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

एमपिएल दि वि युनाइटेड प्रोजेक्टद्धारा सञ्चालित नेपालको पहिलो महिला फुटसल लिग हो । यो पूर्णरुपमा महिलाहरुद्धारा सञ्चालित लिग हो । जहाँ महिलाले खेल्ने र महिलाले खेलाइने छ । यहाँ ८० भन्दा बढी महिला रहेका छन् ।

एमपिएलमा ८ टोलीको सहभागिता रहेको छ । लिगका खेल हरेक शनिबार ९ अप्रिलसम्म खेलाइनेछ । ८ टोलीले ६ साताको अवधिमा एक अर्कासँग खेल्नेछ । प्रत्येक जित, बराबरी र हारमा टोलीलाई अंक प्रदान गरिनेछ । बढी अंक बटुल्ने शीर्ष तीन टोलीलाई विभिन्न प्रायोजकहरुले प्रदान गरेको पुरस्कार प्रदान गरिनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.