default_image

4 years ago

March 29, 2022

प्रवीण र संगितालाई स्वर्ण

468 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका प्रवीण मानन्धर र संगिता राईले गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् ।

बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राई तथा संगिताले बाग्मतीकी सन्जु देशासलाई पराजित गरे । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष टिम कातामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा कर्णाली र बाग्मती तेश्रो भए ।

सो स्पर्धाको महिलामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा लुम्बिनी र बाग्मती तेश्रो बने । पुरुष ५० केजीमुनि गण्डकीका बुद्ध लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का धनकुमार राईलाई हराए । ६७ केजीमुनि प्रदेश १ का रोहित बाँस्कोटाले आर्मीका किरण पुन मगरलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । महिला ६८ केजीमाथि आर्मीकी निरुपा तामाङ पहिलो भइन् ।

निरुपाले फाइनलमा बाग्मतीकी सोनिया मोक्तानलाई पन्छाइन् । प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सात प्रदेश र आर्मीका १ सय ८४ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.