default_image

4 years ago

March 30, 2022

आर्मी टिम च्याम्पियन

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मीले ९ स्वर्ण जित्यो ।

गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ बाग्मती प्रदेश दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले १ स्वर्ण हात पा¥यो । बलम्बुमा भएको प्रतियोगिताको पुरुषमा गण्डकीका बुद्ध लामा तथा महिलामा बाग्मतीकी श्रद्धा थापा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा सात प्रदेश र आर्मीका १ सय ८४ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.