4 years ago
April 1, 2022
पोखरा (हाम्रो खेलकुद) – एमेच्योर सुभाष तामाङले सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलोपटक सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।

हिमालयन गल्फ कोर्स पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाषले करिअरको दोस्रो टुर इभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर जोडे । यसअघि उनले सन् २०१९ मा सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । उनले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।
दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २ सय ८ स्कोर बनाए । समग्रमा दोस्रो भएका उनलेव्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे । समग्रमा तेस्रो स्थान हासिल गर्ने क्रममा धनबहादुरथापा, निरज तामाङ र रामे मगरले ७ ओभर २ सय ११ स्कोरसहित जनही ६८ हजार ८ सय ३३ रुपैयाँ पाए ।
स्थानीय एमेच्योर अजित विक समग्रमा छैटौं तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २ सय १३ स्कोरजोडे । सातौं स्थानका संजय लामाले १० ओभर २ सय १४ स्कोर जोड्दै ४५ हजार पाए । आठौं भएका भुवन नगरकोटी (२१५) ले ४०हजार, नवौं स्थानका दिनेश प्रजापति (२१९) ले ३६ हजार प्राप्त गर्दा एमेच्योर सुरेश तामाङ (२२१) दशौं भए । प्रतियोगिताको कुलपुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
सुभाषले उपाधि जित्ने क्रममा फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे। पहिलो दिन २ अन्डर ६६जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्ट नाइनको पहिलो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले नवौं होलमाबर्डी लेखाए । ब्याक नाइनमा १४ औं र १८ औं होलमा बर्डी खेलेका उनले १६ औं मा भने बोगी खेपेका थिए ।
जयरामले फ्रन्ट नाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौं होलमा बोगी तथा सातौँमाडबल बोगी खेपेका उनले पाँचौ आठौंमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा उनले १ ओभर ३६ स्कोर जोडे । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म चलेकोथियो ।
५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो । इभेन्टको अन्तिम दिन शनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]