4 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको सेमिफाइनलमा रन्जितले एपीएफका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका अर्वाज हुसैनलाई पराजित गरे ।
सिनियर पुरुषकै ५४ केजीमुनि सुदूरपश्चिम प्रदेशका सिमित विष्ट र श्रृजन श्रेष्ठ, ५८ केजीमुनि लुम्बिनी प्रदेशका नवराज बस्नेत र बाग्मतीका एलिश ठकुरी तथा ६३ केजीमुनि सुदूरपश्चिमका साहिल सुनार र बाग्मतीका सुवासचन्द्र बोहरा फाइनलमा प्रवेश गरे ।
सिनियर महिलाको ४६ केजीमुनि लुम्बिनीकी अस्मिता चन्द र बाग्मतीकी सदिक्षा कार्की, ४९ केजीमुनि बाग्मतीकी अन्जली तामाङ र एपीएफकी गीता विष्ट, ६७ केजीमुनि लुम्बिनीकी श्रृष्टि मगर र नेपाल प्रहरीकी सुस्मिता मोक्तान, ६२ केजीमुनि प्रहरीकी इन्दिरा बस्नेत र सुदूरपश्चिमकी आरती मगर, ५७ केजीमुनि सुदूरपश्चिमकी रोशनी बराल र प्रहरीकी सुस्मा श्रेष्ठ, ७३ केजीमुनि सुदूरपश्चिमकी द्रोपदी भट्ट र बाग्मतीकी सियारन गुरुङ तथा ७३ केजीमाथि बाग्मतीकी सुप्रिया गुरुङ र कर्णालीकी इला खत्रीले फाइनल भिडन्त पक्का गरे ।
जुनियर महिलाको ४४ केजीमुनि सुदूरपश्चिमकी सुप्रिमा बजगाईं र प्रदेश १ की रेस्मा भुजेल, ४९ केजीमुनि लुम्बिनीकी दीपशिखा रानाभाट र बाग्मतीकी स्वस्तिका महर्जन, ५५ केजीमुनि लुम्बिनीकी रितु राणा र सुदूरपश्चिमकी गीता कथायत, ६३ केजीमुनि लुम्बिनीकी मन्ता रिजाल र कर्णाली पूजा गहा तथा ६८ केजीमुनि बाग्मतीकी शुभाङ्गी श्रेष्ठ र सुदूरपश्चिमकी अन्जली चौधरीले फाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । २ सय ३७ खेलाडी सहभागी छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]