4 years ago
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका युवराज विक र भक्तपुरकी स्वागता खाइजु ‘आइ लभ चितवन’ एलटीके ट्रयाक एन्ड फिल्डको जुनियर ६० मिटर दौडमा पहिलो भएका छन् ।

पुरुषमा युवराजले ७.१ सेकेन्ड तथा महिलामा स्वागताले ८.६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । सिनियरतर्फ ४ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा एपीएफकै रमिताकुमारी थारु पहिलो भए ।
सिनियरको ६० मिटर दौडको पुरुषमा नवलपरासीका सलिम देवान तथा महिलामा भक्तपुरकी प्रकृति सुवालले स्वर्ण जिते । सिनियरको ८ सय मिटर दौडको पुरुषमा उदयपुरका तेजबहादुर कार्की र महिलामा एपीएफकी आशा रावत तथा सटपुटको पुरुषमा चितवनका अबइ तामाङ र महिलामा बर्दियाकी संगिता अधिकारी पहिलो बने ।
जुनियरतर्फ सटपुटको पुरुषमा काभ्रेका समिर शाह र महिलामा काभ्रेकै कल्पना जोशीले शीर्ष स्थान हात पारे । लङजम्पको जुनियर पुरुषमा कपिलवस्तुका सुदिप थारु र महिलामा बर्दियाकी रेसु थारु तथा सिनियर पुरुषमा नवलपरासीका सलिम देवान र महिलामा एपीएफकी रन्जिता राईले स्वर्ण हात पारे ।
लेक ट्वान्टी थाउजन्ड फार्म र रिट्रिट प्रा.लि. को आयोजना तथा एथलेटिक्स परिवार, नेपालको संयोजनमा भएको प्रतियोगिताको जुनियर २ सय मिटर दौडको पुरुषमा एपीएफका एपीएफका युवराज विक र महिलामा बर्दियाकी रेसु थारु पहिलो भए ।
सिनियर २ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की र महिलामा एपीएफकै रमिताकुमारी थारु शीर्ष स्थानमा रहे । जुनियर ८ सय मिटर दौडको पुरुषमा बाँकेका सहनचन्द्र शाह र महिलामा झापाकी सुस्मिता बान्तवा राई पहिलो भए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]