default_image

2 years ago

April 4, 2022

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटलको साथ

92 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ पाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तोस्रो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो ।

स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको ‘बर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको हो । अब यो विधाको नाम निसर्ग हस्पिटल बर्ष युवा खेलाडी अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

अघिल्ला दुई बर्ष पनि निसर्ग हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको थियो । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष तिर्थराज पन्त र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरे ।

स्वास्थ्य लागी खेलकुद मात्रै नभई ‘राष्ट्रका लागि खेलकुद र खेलकुदका लागि स्वास्थ्य’ भन्ने अभियानका साथ विभिन्न खेलकुद गतिविधीहरु तथा सामाजिक कार्यहरुमा निसर्ग हस्पिटल सकिृय रहँदै आएको र आगामी दिनहरुमा पनि सकृय रहने कार्यकारी अध्यक्ष तिर्थराज पन्तले बताए ।

निसर्ग हस्पिटलको साथले अवार्डलाई अझ भव्यताका साथ सम्पन्न गर्नलाई सहयोग गरेको मञ्चका अध्यक्ष सीताराम ओझाले बताए । धनगढी उपमहानगरपालिका–५, हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले नवजात शिशु तथा बालरोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा, जनरल तथा दुरबिन बाट अप्रेशन सेवा, स्त्री तथा प्रसुती रोग सेवा, भिडियो एक्स(रे (रेडियोलोजी) सेवा, मानसिक तथा नशा रोग सेवा, मुख, अनुहार तथा बङ्गारा रोग सेवा, नाक कान घाँटी रोग सेवा, छाला कुष्ठरोग सौन्दर्य तथा यौन रोग सेवा, मृगौला तथा मुत्र रोग सेवा, न्युरो मस्तिष्क नशा तथा मेरुदण्ड रोग सेवा, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ । अस्पतालमा पछिल्लो समय सिटीस्क्यान लगायत थप सेवाहरु पनि थपिएका छन् ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह–प्रायोजकमा केल्मी र मेरो रेडिमेड उद्योग रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.