4 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् । क्योरोगीको सिनियर पुरुष-महिलामा ६–६, जुनियर पुरुष÷महिलामा ७–७ तथा सब जुनियरको पुरुष-महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ खेल हुने छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]