default_image

4 years ago

April 7, 2022

किर्गिस क्लबसँग राष्ट्रिय फुटसल टोलीको हार

247 views

0 Bookmark

विस्केक (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीले मैत्रीपूर्ण खेलमा कीर्गिस क्लब डोर्डाेइ डाइनामोसँग हार बेहोरेको छ । नेपालले सुरुवाती अग्रता जोगाउन नसक्दा ३–१ को हार बेहोरेको हो ।

खेलको छैटौं मिनेटमा विजय श्रेष्ठको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डोर्डोइका अरापोभ कुबातले बराबरी गोल फर्काए । दोस्रो हाफमा डोर्डोइले दुई गोल थप्दै जित पक्का ग¥यो । डोर्डाेइका एन्डाविकोध र सुलिमानुभ ऐदरले गोल गर्र्दै जित पक्का गरे ।

कीर्गिस्तानको पुरानो मध्येको क्लब डोर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो। नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले डोर्डोइविरुद्धको खेल उपलब्धिमुलक भएको भन्दै नतिजा सुधार्न यसले सहयोग पु¥याउने बताए ।

‘यसअघि खेल खेल्दा हामी सँधै डिफेन्सिभ मात्र खेल्थ्यौं । यसपटक पुरा समय अट्याकिङमा प्रयास ग¥यौं । इरान, ब्राजिललगायतका देशका खेलाडी भएकाले टिम राम्रो रहेछ,’ प्रशिक्षकले बस्नेतले भने, ‘पहिलो पटक अट्याकिङ खेल्दा केही कमजोरी देखियो । यो खेलले अब आउने खेलमा सुधार गर्न सहयोग मिल्नेछ ।’

नेपालले एएफसी फुटसल एसियन कप क्वालिफायर्समा अप्रिल १० मा उज्बेकिस्तान, अप्रिल ११ मा ताजकिस्तान र अप्रिल १२ मा अफगानिस्तानसँग खेल्नेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.