default_image

4 years ago

April 11, 2022

ताजिकिस्तानसँग नेपालको फराकिलो हार

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

तस्विरः एनएसजेएफ

किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता लिदै ताजिकिस्तानलाई बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा रोक्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

खेलको तेस्रो मिनेटमा आदिल हामिदको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । आठौं मिनेटमा योरोभ इद्रिसले गोल गर्दै ताजिकिस्तानलाई १–१ गोलको बराबरीमा ल्याए । २१औं कुजिभ उमेदले गोल गर्दै ताजिकिस्तानलाई २–१ को अग्रता दिलाए । २५औं मिनेटमा सार्दोरोभ फाइजलीले गोल गर्दै ताजिकिस्तानलाई ३–१ ले अघि बढाए ।

३१औं मिनेटमा फाइजलीले गोल गर्दै ताजिकिस्तानलाई ४–१ ले अघि बढाए । ३२औं मिनेटमा फाइजलीले ह्याट्रिक पूरा गर्दा ताजिकिस्तान ५–१ ले अघि बढ्यो । ३३औं मिनेटमा हालिमोभ शभोक्वाटले गोल गर्दै टोलीलाई ६–१ को अग्रता दिलाए । ३४औं मिनेटमा उमेदले गोल गर्दै ताजिकिस्तान ७–१ ले अघि बढ्यो ।

तस्विरः एनएसजेएफ

३४औं मिनेटमा हालिमोभले व्यक्तिगत दोस्रो गोल गरेपछि ताजिकिस्तान ८–१ ले अघि बढ्यो । ३७औं मिनेटमा रिजोमोभ समान्दरले गोल ९–१ को अग्रता दिलाए । त्यसपछि ३८औं मिनेटमा योरोभ र रिजोमोभले गोल गरेपछि ताजिकिस्तान ११–१ को फराकिलो जित दिलाए ।

ताजिकिस्तानविरुद्ध नेपालका लागि आदिल हामिदले एक गोल गरे । नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्नेछ । किर्गिस्तानस्थित विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ ।

समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् ।

यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.