4 years ago
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ ।

पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कांस्य पनि जित्यो । बाँकी १–१ स्वर्ण वज्रबाराही र केन्द्रीय डोजोले जिते ।
गोदावरी नगरपालिकाको टीका भैरवमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा टीका भैरवका अमृत नगरकोटी पहिलो भए । फाइनलमा उनले आफ्नै डोजोका निरोज नगरकोटीलाई पराजित गरे । ४० केजीमा टीका भैरवका निरन स्याङ्तानले फाइनलमा टीका भैरवकै विजय स्याङ्तानलाई हराउदै शीर्ष स्थान हात पारे ।
५० केजीमा टीका भैरवका सुदीप मगरले बाजी मारे । उनले फाइनलमा पाथीभराका सुलिन तामाङलाई पाखा लगाए । ५५ केजीमा वज्रबाराहीका जयराम भुलनले पहिलो स्थान हात पारे । उनले फाइनलमा आईकेकेएफका भनीष कार्कीको चुनौती समाप्त पारे । खुलामा टीका भैरवका अजय तामाङ च्याम्पियन बने । अजयले फाइनलमा वज्रबाराहीका कविन दशारलाई पन्छाए ।
महिला खुलामा केन्द्रीय डोजोकी सिवानी श्रेष्ठले स्वर्ण चुमिन् । शिवानीले फाइनलमा नुवाकोटकी सुविना राईमाथि जित निकालिन् । टीका भैरवका अर्जुन नगरकोटी उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, आयोजक डोजोका अध्यक्ष प्रकाश खत्री, आयोजक डोजोका प्रमुख रामहरि खड्का, गोदावरी नगरपालिका वडा ६ का अध्यक्ष विष्णुमान महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
समापनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, खेलाडीहरु राजेश खड्का, सुरेश तामाङ, सुजन नगरकोटी, सरोज खत्री, पवन तामाङ, राजकुमार श्रेष्ठ, कृष्णहरि थापा, सुविन श्रेष्ठ, हीराकाजी श्रेष्ठ, इन्द्र तामाङ र प्रेम तामाङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीको सहभागिता रहेको आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]