4 years ago
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना हुने युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा च्याम्पियन मार्सल आर्ट्स एकेडेमी नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकामा रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमी नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कप १३ देखि १७ मार्चसम्म लस भेगासस्थित नाभादामा हुनेछ ।
खेलाडीमा विजय लामाले ६७ केजीमुनि तथा हरि प्रसाद सेढाईले ७५ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । यस्तै ८–९ वर्षको उमेर समूहको ब्वाइजमा याङ्तेन लामाले र १४–१५ वर्षको उमेर समूहको गल्समा याङ्जुम लामाले प्रतिस्पर्धा गर्नेछन् ।
यि चारै जना खेलाडी अमेरिका नै शाखाको रुपमा रहेको च्याम्पियन मार्सल आर्ट्स एकेडेमीको शाखामा प्रशिक्षण गर्ने गर्दछन् । विजय अष्ट्रेलियन ओपनको रजत पदक विजेता खेलाडी हुन् ।
टोलीको प्रशिक्षकमा सागका स्वर्णधारी सुनिल लामा रहेका छन् । अफिसियल रेफ्रीमा जनक सिंह खड्का र अफिसियलमा रोमा गुरुङ रहेका छन् । टोलीलाई लामा एकाउन्टिङका नाम्गेल लामाले प्रायोजन गरेका छन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]