default_image

3 years ago

April 15, 2022

रसेलको आक्रामक ब्याटिङमा हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्य

179 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ७६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

बे्रबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकाताका नितिश रानाले ३६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए ।

तल्लोक्रममा आन्द्रे रसेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४९ रनमा अविजित रहँदै आक्रामक इनिङ खेले । रसेलले अन्तिम तीन बलमा जगदिश सुचिथलाई दुई छक्का र एक चौका प्रहार गरेका थिए ।

ओपनर वेंकटेश ऐरलाई टि नटराजनले ६ रनमा बोल्ड आउट गरे । कोलकाताको लागि पहिलो खेल खेलेका ओपनर आरोन फिन्च मार्को ज्यानसनको बलमा ७ रनमा निकोलस पुरनबाट क्याच भए ।

श्रेयस ऐर २५ बलमा ३ चौकासहित २८ रन बनाए । ऐर उमरन मलिकको बलमा बोल्ड भए । सुनिल नारायण ६ र शेल्डन ज्याक्सन ७ रनमा आउट भए । हैदराबादका उमरन मलिकले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । मार्को ज्यानसन, भुवनेश्वर कुमार र जगदीश सुचिथले १-१ विकेट लिए ।

कोलकाता ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंक जोड्दै दोस्रो स्थानमा छ । आजको खेलमा विजयी भएका शीर्ष स्थानमा उक्लिने छ । हैदराबाद ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंक जोड्दै आठौं स्थानमा छ । आजको खेलमा विजयी भएमा तेस्रो वा दोस्रो स्थानमा उक्लिनेछ । जुन नेटरनरेटमा निर्भर रहनेछ ।

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

December 8, 2024

हेडको शतक र बलर चम्कदा अस्ट्रेलियासँग भारतको हार

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]

December 7, 2024

४ अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड विशाल अग्रतामा

एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]

Success

Thank you for your time.