4 years ago
April 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना भएको युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा नेपालले चार पदक जितेको छ ।

अमेरिकामै रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमीबाट चार खेलाडीले नेपालको प्रतिनिधित्व गर्दा दुई खेलाडीले दोहोरो पदक जित्न सफल भएका हुन् ।
८–९ वर्षको उमेर समूहको ब्वाइजमा याङ्तेन लामाले दुई रजतपदक तथा १४–१५ वर्षको उमेर समूहको गल्समा याङजुम लामाले एक रजत र एक कास्यपदक जित्न सफल भएका हुन् । याङ्तेन फाइनलमा अमेरिकी खेलाडी रेमिरेज कालेउसँग ६–३ ले पराजित भए । यस्तै याङजुम फाइनलमा अमेरिकी खेलाडी नियाङ एमिनेतासँग ६–१ ले चुक्दा रजमा सीमित बनिन् ।

युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कप १३ देखि १७ मार्चसम्म लस भेगासस्थित नाभादामा भएको च्याम्पियनसिपको ६७ केजीमुनि विजय लामा र ७५ केजीमुनि हरि प्रसाद सेढाई पदकविहीन बने । यि चारै जना खेलाडी अमेरिका नै शाखाको रुपमा रहेको च्याम्पियन मार्सल आर्ट्स एकेडेमीको शाखामा प्रशिक्षण गर्ने गर्दछन् ।
टोलीको प्रशिक्षकमा सागका स्वर्णधारी सुनिल लामा रहेका थिए । अफिसियल रेफ्रीमा जनक सिंह खड्का र अफिसियलमा रोमा गुरुङ रहेका छन् । टोलीलाई लामा एकाउन्टिङका नाम्गेल लामाले प्रायोजन गरेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]