default_image

4 years ago

April 30, 2022

गणेशमान १० के रोड रेसमा गोपीको ह्याट्रिक

430 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –३औं सागका स्वर्णधारी विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह स्मृति १० के रोड रेसमा ह्याट्रिक उपाधि जित्न सफल भएका छन् ।

गोपी पहिलोदेखि तेस्रो संस्करणसम्म लगातार च्याम्पियन बन्दै ह्याट्रिक उपाधि जित्न सफल भएका हुन् । शनिबार भएको तेस्रो संस्करणमा पनि गोपीले दोस्रो भएका आर्मीका दीपक अधिकारीलाई चार सेकेण्डले पछि पार्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । शनिबार गोपीले निर्धारित १० किलोमिटर ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरेका थिए ।

गोपीले गणेशमान १० के रोड रेसमा ह्याट्रिक उपाधि जित्ने क्रममा आफ्नो टाइमिङलाई अझै सुधार गरेका छन् । पहिलो संस्करणमा ३२ मिनेट ४४.४९ सेकेण्डसहित च्याम्पियन बनेका गोपीले दोस्रो संस्करणमा ३२ मिनेट ०१.२ सेकेण्डमा दुरी पार गरेका थिए । यसपटक गोपीले ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरे ।

गत वर्ष टोकियो ओलम्पिकको लागि छनोट भएपनि नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटिबीच समन्वय नहुँदा उनी ओलम्पिक खेल्नबाट वञ्चित भएका थिए । पछि उनलाई बर्लिन म्याराथनमा पठाइएको थियो । टोकियो ओलम्पिक २०२० मा नाटकीय ढंगले सहभागिताबाट वन्ञ्ति भएका धावक गोपीलाई चन्द्र पार्कीले विश्व प्रसिद्ध बर्लिन म्याराथनमा सहभागिता गराइएको थियो । तर, उनको प्रदर्शन कमजोर बनेको थियो । त्यसपछि आर्मी म्याराथनमा सहभागिता जनाएका उनी ११औं स्थानमा आएका थिए ।

यो रोड रेससँगै उनले वर्ष २०७८ मा दुई म्याराथन, दुई हाफ म्याराथन र दुई १० के गरी ६ प्रतियोगिता खेल्दा तीनमा उपाधि तथा एकमा तेस्रो भएका थिए । म्याराथनमा उपाधि विहीनन बनेका उनले १० के रोड रेससँगै १९औं एसियन गेम्स (एसियाड) का लागि भएको छनोटमा पहिलो भएका थिए ।

धनगढीमा भएको हाफ म्याराथनमा पहिलो भएका उनी काठमाडौंमा भएको रन फर प्रोटिन हाफ म्याराथनमा तेस्रो भएका थिए । १० किमि रोड रेसको विजेता बनेका गोपीचन्द्रले ६० हजार रुपैया प्राप्त गरे । रोड रेसमा नयाँ कीर्तिमान बनाएवापत गोपीले थप १० हजार रुपैया प्राप्त गरे ।

१० केमा दोस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट १५.२ सेकेण्डमा दुरी पुरा गरे । आर्मीकै राजन रोकायाले ३१ मिनेट २०.४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । अनिष थापा मगर र गजेन्द्र राई चौथो र पाँचौ भए ।

महिलातर्फ राजपुराले निर्धारित दुरी ३७ मिनेट १०.५ सेकेण्डमा पुरा गर्दै पहिलो हुन सफल भइन् । दोस्रो भएकी पुष्पाले ३८ मिनेट ०४.३ सेकेण्ड तथा तेस्रो भएकी वृन्द्रा धनके श्रेष्ठले ४० मिनेट २८.९५ सेकेण्डमा दुरी पुरा गरिन् । कल्पना खड्का र सीमा चौधरी चौथो र पाँचौं भइन् ।

१० किमि रोड रेसको विजेता गोपीचन्द्र र राजपुराले समान ६० हजार रुपैया र शिल्ड पाए । दोस्रो भएका दीपक र पुष्पाले ३० हजार, तेस्रो भएका राजन र वृन्द्रा धनके श्रेष्ठले १५ हजार र चौथो भएका अनिष र कल्पनाले १० हजार तथा पाँचौ भएका गजेन्द्र र सीमा चौधरीले जनही ५–५ हजार नगद पाए ।

५ किमितर्फ पुरुषमा विभागीय त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलामा एपिएफकी फुलमती राना पहिलो भइन् । मुकेशले निर्धारित दुरी १४ मिनेट ३३.९ सेकेण्डमा पुरा गरिन् । सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.९ सेकेण्डसहित दोस्रो भए । १५ मिनेट ११.१ सेकेण्डमा दुरी पुरा गर्दै सुवास कार्की तेस्रो भए । सन्जय श्रेष्ठ, किरण महर्जन, मिलन कार्की, रमेश डंगोल, दिनेश बोगटी, सन्जीव नेपाली र हरि कुमार रिमाल क्रमश चौथो देखि १०औं भए ।

फुलमती रानाले १७ मिनेट ४२.४ सेकेन्डमा दुरी पार गर्दै पहिलो भइन् । निर्मला केसीले १८ मिनेट १५.४ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो तथा उषा श्रेष्ठ १८ मिनेट २४ सेकेन्डसहित तेस्रो भइन् । राधिका श्रेष्ठ र सरस्वती बोहोरा चौथो र पाँचौ भइन् ।

५ किमितर्फको पुरुष तथा महिला विजेता मुकेश र फुलमतीले समान १५ हजÞार रुपैया हात पारे । दोस्रो भएका सन्तोष र निर्मलाले १० हजार, तेश्रो भएका सुवास र उषाले ७ हजार, चौथो भएका सन्जय र राधिकाले ५ हजार तथा पाँचौ भएका किरण र सरस्वतीले समान ३ हजÞार प्राप्त गरे । छैटौं देखि १०औं स्थानसम्म प्राप्त गर्नेले गिफ्ट ह्याम्पर पाए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पुरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको रोड रेसमा ४११ जना धावकको सहभागिता रहेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.