9 years ago
December 8, 2016
मित्र राष्ट्र हङ्गकङ्गमा जारी मि.ओलम्पिया अमेचर शारिरीक सुगठन प्रतियोगितामा नेपाली खेलाडी रामहरि खनालले पाँचौ स्थान हात पार्न सफल भएका छन् ।

नेपाल ब्यायाम मन्दिरका रामहरिले ७० केजी तौलमा प्रतिस्पर्धा गरेका थिए ।
हङ्गकङ्ग फेडेरेशन अफ बडि बिल्डिङ्ग एन्ड फिटनेशको आयोजनामा भएको प्रतियोगितामा जविन राईले ८० केजीमा प्रतिस्पर्धा गरेका थिए । उनी उत्कृष्ट ६ मा पर्न सफल भएका थिए ।
देवराज पराजुली र ज्ञान बहादुर लिम्बु मेन्स फिजिक १७० से.मि हाईट क्याटागोरीमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु अन्तिम १० मा पर्न सफल भएको हङ्गकङ्गबाट हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडि बिल्डिङ्ग एण्ड फिटनेशका अन्तराष्ट्रिय अध्यक्ष लोकेन्द्र परियारले जनाएका छन् ।
३० राष्ट्रका ३५० खेलाडीहको प्रतिस्पर्धा रहेको प्रतियोगिता डिसेम्बर ५ देखि ८ सम्म सञ्चालन भएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]