4 years ago
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रगति र पिनाकलले प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् ।

ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगितामा प्रगतिले भ्याली पब्लिकलाई ४–१ तथा पिनाकलले एम्बिसनलाई ६–० गोलले पराजित गरे । अन्य खेलमा ओरेकल रेले आयोजक ब्राइट फ्युचरलाई ५–०, पाठशालाले हिमालयनलाई २–०, यसश्वीले रिब्सलाई ५–०, एडभान्स इन्टरनेसनल स्कुलले युनाइटेड स्कोलर्स एकेडेमीलाई २–१, नेपाल राष्ट्रियले जेसेसलाई ८–०, ध्रुव ताराले एआई स्कुललाई ११–० तथा प्रारम्भले ग्रान्ड एकेडेमीलाई ४–१ गोलले हराए ।
बालकुञ्ज र जन उद्धारले १–१ तथा महांकाल र ग्रिन भिलेज फाउन्डेसनले ३–३ को बराबरी खेले । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने ब्राइट फ्युचरका संस्थापक निर्देशक मोहन कार्कीले जनाएका छन् । विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
विजेता टोलीका सदस्य र विधागत उत्कृष्टलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्लस टुका प्रमुख श्याम महर्जनले जानकारी दिए । २५ टिम सहभागी नकआउट प्रतियोगिताको फाइनल शनिबार हुने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]