default_image

4 years ago

May 6, 2022

यशस्वी र ग्रिन उपाधिनजिक

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यशस्वी र ग्रिन भिलेज फाउन्डेसन प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा यशस्वीले ध्रुव तारालाई ४–३ गोलले पराजित ग¥यो । विजेतका अभिजित राना मगरले २ तथा धननाथ ढुंगेल र निसानराज परियारले १–१ गोल गरे । ध्रुव ताराका रिकेश केसीले २ तथा श्रृजन श्रेष्ठले १ गोल फर्काए ।

अर्को सेमिफाइनलमा ग्रिन भिलेजले नेपाल राष्ट्रिय स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । फाइनल शनिबार हुने छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.