default_image

2 years ago

May 10, 2022

भुवन र सुवासको संयुक्त अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र सुवास तामाङले संयुक्त अग्रता बनाएका छन् । गोकर्ण गल्फ क्लबमा मंगलबार भुवनले ८ अन्डर ६४ अंक जोड्दै कुल १२ अन्डर १३२ अंक बनाए । मंगलबार ४ अन्डर ६८ अंक जोडेका सुवासको पनि कुल […]

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र सुवास तामाङले संयुक्त अग्रता बनाएका छन् ।

गोकर्ण गल्फ क्लबमा मंगलबार भुवनले ८ अन्डर ६४ अंक जोड्दै कुल १२ अन्डर १३२ अंक बनाए । मंगलबार ४ अन्डर ६८ अंक जोडेका सुवासको पनि कुल १२ अन्डर १३२ अंक जोडेका छन् ।

१५ वर्षीय एमेच्योर सद्भव आचार्य र रमेश अधिकारी ७ अन्डर १३७ अंकसहित संयुक्त तेस्रो स्थान रहेका छन् । सद्भवले मंगलबार ३ अन्डर ६९ र रमेशले ५ अन्डर ६७ स्कोर गरे । रबि खड्का र शुक्र बहादुर राई ६ अन्डर १३८ अंकसहित संयुक्त पाँचौमा रहेका छन् । रविले १ अन्डर ७१ र शुक्रले १ ओभर ७३ खेले ।

दोस्रो दिन मंगलबार १ ओभर ७३ रन बनाएपछि दिनेश प्रजापति ३ अन्डरको कुल स्कोरका साथ सातौं स्थानमा रहेका छन् । कमल तामाङले आज सम–पार ७२ रन बनाएर दुई अन्डर १४२ को कुल स्कोर बनाएर आठौं स्थानमा छन् ।

रामे मगर आज थ्री अन्डर ६९ बनाएर १ अन्डर १४३ मा नवौं स्थानमा छन् । दशौं स्थानमा जयराम श्रेष्ठ र धनबहादुर थापा बराबर १४४, जयरामले एक अन्डर ७१ र धनाले एक ओभर ७३ रन बनाए । भुवन कुमार रोक्का र एमेच्योर टासी छिरिङ एक ओभर १४५ मा १२औं स्थानमा छन् । भुवनले एक ओभर ७३ रन खेले भने टाशीले ६ ओभर ७८ रन खेले ।

निरज तामाङ र सञ्जय लामाले १४औं स्थानमा दुई ओभर १४६ रन बनाएका छन् । निरजले तीन अन्डर ६९ रन बनाए भने सञ्जयले एक ओभर ७३ रन खेले ।

भुवनले ८ अन्डर ६४ को आफ्नो बोगी फ्रि–राउण्डमा तेस्रो, पाँचौं, छैटौं, सातौं, नवौंमा पाँचवटा बर्डीलाई फ्रन्ट नाइनमा पाँच अन्डर ३१ र ब्याक नाइनमा ११औं, १२औं र १५औं होलमा तीन अन्डरमा बर्डिज ल्याए ।

एमेच्योर सुवासले तेस्रो, चौथो, सातौं होलमा बर्डीसहित दुई अन्डर ३४ खेले र छैटौं होलमा सट खसाले । ब्याक नाइनमा ११औं र १४औं होलमा २ अन्डर ३४ मा बर्डिज बनाए ।

३२ व्यवसायिक र १२ एमेच्योर गरी ४४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपको विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.