4 years ago
May 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता लिन सफल भएका छन्।

पहिलो दिन एकल अग्रता बनाएका सुवासलाई दोस्रो दिन प्रो भुवन नगरकोटीले चुनौती दिदा संयुक्त रुपमा अग्रस्थानमै रहेका थिए । गोकर्ण गल्फ क्लबमा बुधबार सुवासले भुवन नगरकोटीमाथि दुई–स्ट्रोकको अग्रता लिन सफल भएका छन् ।
सुवासले बुधबार १५ अन्डर २०१ को कुल स्कोरका लागि तीन अन्डर ६९ बनाए । भुवन नगरकोटीले १ अन्डर ७१ बनाएपछि १३ अन्डर २०३ मा दोस्रो स्थानमा रहेका छन् । कुल ८ अन्डर २०८ मा एक अन्डर ७१ रन बनाएका शुक्रबहादुर राई तेस्रो स्थानमा छन् ।
रवि खड्काले सम–पार ७२ राउण्ड खेल्दै ६ अन्डर २१० को कुल स्कोरका साथ चौथो स्थानमा रहेका छन् । सद्भाव आचार्य चार अन्डर २१२ को स्कोरका साथ पाँचौं स्थानमा छन । उनले राउन्ड अफ थ्री ओभर ७५ कार्ड दिएका छन् । दिनेश प्रजापति एक ओभर ७३ रन बनाउँदै दुई अन्डर २१४ को कुल स्कोरका साथ छैटौं स्थानमा रहेका छन् ।
निरज तामाङ, जयराम श्रेष्ठ, धनबहादुर थापा र रमेश अधिकारी २१६ बराबरीमा छन् । निरजले टु अन्डर ७० राउन्ड, जयराम र धनले इभेन पार ७२ र रमेशले सात ओभर ७९ प्रहार गरे । सञ्जय लामा एक ओभर २१७ मा ११औं स्थानमा छन् । उनले वान अन्डर ७१ को राउन्ड खेले । भुवन कुमार रोक्का एक ओभर ७३ को राउण्डपछि २ ओभर २१८ मा छन् ।
वाङ्चेन धोन्डुप तीन ओभरमा २१७ रन बनाएर इभेन पार ७२ मा छ । रामे मगर े ६ ओभर ७८ राउन्ड खेल्दै पाँच ओभर २२१ रनमा छन् । कमल तामाङ ८ ओभर ८० को राउण्डपछि ६ ओभर २२२ रनमा छन् ।
सुवासले तेस्रो र छैटौं होलमा बर्डीसहित फ्रन्ट नाइनमा १–अण्डर ३५ र दोस्रो होलमा बोगीविरुद्ध कार्ड बनाए । ब्याक नाइनमा उनले १०, ११, १२, १५ र १६औं होलमा बर्डी बनाएका सुवासले १४औंमा डबल बोगी र अन्तिम होलमा दुई अन्डर ३४ मा बोगीको सामना गरे ।
भुवनले आठौं होलमा बोगीविरुद्ध तेस्रो र सातौं होलमा बर्डीसहित फ्रन्ट नाइनमा १ अन्डर ३५ खेले । ब्याक नाइनमा ११औं र १२औं होलमा बर्डीज डुबाए तर १६औं होलमा सम–पार ३६ को लागि डबल–बोगी खेपे ।
शुक्रले फ्रन्ट नाइनमा दुई अन्डर ३४ र तेस्रो र नवौं होलमा बर्डी खेले । ब्याक नाइनमा १२, १४ र १५औं होलमा बर्डीज बनाएपनि ११ र १७औं होलमा बोगीको सामना गर्नुअघि अन्तिममा एक ओभर ३७ को लागि डबल–बोगी खेपे ।
प्रतियोगितामा कूल ३२ व्यावसायिक गल्फर र १२ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । ७ लाख ७५ हजार पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले६५ हजार पाउनेछन् । शीर्ष २१ स्थानमा रहेका अन्यले पनि पुरस्कार राशि पाउनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]