4 years ago
May 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फर एसोसियनको आयोजनामा हुने सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ ।

आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप सोमबार सुरु हुने जानकारी गराएको छ । शुक्रबारसम्म हुने च्याम्पियनसिपमा ४० प्रोफेसनलसहित १२ एमेच्योर गल्फर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई र १३औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ प्रतियोगिताका प्रबल दावेदार हुन् । सद्भाव आचार्य, टाशी छिरिङ, वाङ्चेन धोन्डुप एमेच्योर ट्रफीको दावेदार हुन् ।
सुर्य नेपाल गल्फ टुर अन्तरगतको यो सिजनको अन्तिम प्रतियोतिा हो । विजेताले २ लाख ५० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ५५ हजार पाउने छन् । यस्तै तेस्रोले १ लाख १० हजार, चौंथोले ९५ हजार र पाँचौंले ८७ हजार नगद पुरस्कार पाउने छन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]