4 years ago
May 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडले दोश्रो संस्करणको एनआरएस फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ ।

ढुकु फुटसल हब बालुवाटारमा शनिबार भएको एक दिने प्रतियोगिताको फाइनलमा ज्याकीप्वाईन्ट हेल्थ प्रालिलाई ४–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजेता ग्रिष्माले १ लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएको ज्याकीप्वाईन्टले ५० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
च्याम्पियन गृष्माले त्रिपल फाइभ नाइस ट्राभल्सलाई १–० ले तथा उपबिजेता ज्याकीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई ५–२ ले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए ।
च्याम्पियन टोली ग्रिष्माका सन्जोग श्रेष्ठ उत्कृष्ट खेलाडी तथा ग्रिष्माकै संयोग बास्कोटा उत्कृष्ट गोलरक्षक चुनिए । कुमारी बैंक लिमिटेड फेयर प्ले टोली बन्यो । उनीहरुले उनीहरुले समान ५ हजार पाए ।
विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एनआरएस तथा नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कृत गरे । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभाका साँसद् एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।
एकदिने प्रतियोगितामा २१ कर्पाेरेट टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता लिग कम नकआउटका आधारमा भएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]