4 years ago
May 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले आईएसए नेपाललाई ४०–१३ ले सहजै पराजित ग¥यो । रोयलकी ममता गुरुङले ९ अंक जोडिन् ।
धरान सफल
धरानले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सफलता पाएको छ । धरानले जेभियर इन्टरनेसनललाई ६१–४२ ले हरायो । धरानका योगेश राईले २३ स्कोर गरे ।
रोयल स्पोर्ट्स सेन्ट्रलको आयोजनामा जारी प्रतियोगितामा अन्माइस नेपालले क्वेस्टलाई ५७–३२, इक्याब मेरिलियोन जिम्नाजियमले बीएमकेलाई ६७–६४ र रोयलले शंकरदेव क्याम्पसलाई ८१–५१ ले पन्छाए ।
अन्माइसका नम बिसी र प्रह्लाद बस्नेतले १२–१२, इक्याबका प्रसिद्ध मगरले १५ तथा विगतका दुवै संस्करणको विजेता रोयलका निकेश मगरले २० अंक जोडे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]