4 years ago
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र (बीएमके) ले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ ।

सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा बीएमकेले अघिल्ला दुवै संस्करणको विजेता आयोजक रोयललाई ८२–७८ ले पराजित ग¥यो । बीएमकेका दिप्सन केसीले सानदार प्रदर्शन गर्दै ४३ स्कोर गरे ।
त्यस्तै इक्याब मेरिलियोन जिम्नाजियमले टिम सिंहलाई ७३–३९ तथा टाइम्स इन्टरनेसनल कलेजले जेभियर इन्टरनेसनल कलेजलाई ७६–४५ ले हराए । इक्याबका प्रसिद्ध मगरले २१ अंक जोडे भने टाइम्सका श्रेयश शाह र मनीष केसीले १९–१९ स्कोर गरे ।
अर्को खेलमा धरान मेघा कलेजले क्वेस्ट इन्टरनेसनल कलेजलाई ६१–३१ ले पन्छायो । धरानका लागि सन्चेप श्रेष्ठले १७ अंक बटुले ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]