4 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – करियरकै उत्कृष्ट आठ–अन्डर ६४ को सानदार स्कोरमा निरज तामाङ सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन् ।

समग्रमा १२–अन्डर १ सय ३२ सहित १३ औं दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्ण विजेता निरजले पहिलो दिनका एमेच्योर लिडर वाङ्गचेन ढोन्डुप र शुक्र बहादुर राईलाई दुई स्ट्रोकले पछि पारे । समग्रमा १०–अन्डर १ सय ३४ को स्कोर बनाएका शुक्र र वाङ्गचेन संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।
नम्बर एक प्रो बन्ने दाउमा रहेका शुक्रले सात–अन्डर ६५ स्कोर गरे । पहिलो दिनका लिडर वाङ्गचेनले तीन–अन्डर ६९ को स्कोर कार्ड तयार पारे । युवा एमेच्योर गल्फर सद्भाव आचार्य करियरकै उत्कृष्ट ६–अन्डर ६६ सहित समग्रमा नौ–अन्डर १ सय ३५ को नतिजामा चौथो स्थानमा उक्लिएका छन् ।
नेपाल नम्बर एक भुवन नगरकोटी दोस्रो दिन पनि चार–अन्डर ६८ सहित समग्रमा आठ–अन्डर १ सय ३६ को स्कोरमा पाँचौ स्थानमा रहेका छन् । पुर्ण प्रसाद शर्मा समग्रमा छ–अन्डर १ सय ३८ सहित छैठौं स्थानमा छन् । उनले पाँच– अन्डर ६७ को स्कोर गरे । चार–अन्डर ६८ को स्कोर निकालेका भुवन कुमार रोक्का समग्रमा ५–अन्डर १ सय ३९ सहित सातौ स्थानमा छन् ।
धनबहादुर थापार एमेच्योर आर बडी शाह ४–अन्डर १ सय ४० को स्कोरमा संयुक्त रुपमा आठौ स्थान बाँडे । समग्रमा तीन–अन्डर १ सय४१ को नतिजामा रामे मगर र एमेच्योर महेन्द्र फगामी संयुक्त रुपमा दशौ स्थानमा रहेका छन् ।
निरजले करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट र ब्याक नाइन दुवैमा चार–अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो, पाँचौ र छैठौं होलमा एक–एक सट बचाए । ब्याक नाइनमा पनि यो लयलाई निरन्तरता दिए । १२ औ र १५औ होलमा बर्डी प्रहार गर्दा चार पारको चौधौ होलमा इगलको सफलता प्राप्त गरे । यो सँगै उनी शीर्षस्थानमा उक्लिए ।
यो सिजन टुरको तीन प्रतियोगिता नखेलेपनि नम्बर एक गल्फरको दौडमा रहेका शुक्रले पहिलो, तेस्रो, चौथो, छैठौं, सातौ र आठौ होलको बर्डीले फ्रन्ट नाइन छ–अन्डर ३० मा पुरा गरे । ११औ होलमा एक सट खेर फाल्दा १३औ र १४औ होलमा एक–एक सट बचाए ।
शुक्रसँगै दोस्रो स्थान बाँडेका पहिलो दिनका लिडर वाङ्गचेनले दुई–अन्डर ३४ मा फ्रन्ट नाइन सकाए । पहिलो, तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे भने चौथो होलमा बोगी खेपे । यसपछि ११औ र १औ होलमा एक–एक सट बचाउँदा १३औ होलमा एक सट खेर फाले ।
१५ वर्षिय युवा गल्फर सद्भाव आचार्यले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन तीन–अन्डर ३३ मा सकाए । पहिलो, तेस्रो, चौथो, पाँचौ, सातौ र नवौ होलमा बर्डीको सफलता प्राप्त गरे । दोस्रो होलमा बोगी र तीन पारको आठौ होलमा डबल बोगी खेपे । यसपछि ११औ, १२औं र १६औ होलको बर्डीमा ब्याक नाइन पनि तीन अन्डर ३३ मा पुरा गरे ।
नम्बर एक गल्फर भुवनले फ्रन्ट नाइन र ब्याक नाइन दुबै दुई–अन्डर ३४ मा सकाए । उनले तेसो, चौथो, १०औ, १३औ र १६औ होलमा बर्डी प्रहार गर्दा १४औ होलमा बोगी खेपे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]